तादि नदिमा बेपत्ता किशोरको शव गोताखोरले निकाल्यो

133 Shares

काठमाडौं । नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ ।

फाईल फोटो

साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए ।
घटनाबारे जानाकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काभ्रे नम्बर १५ गणबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोली शुक्रबार त्यसतर्फ खटिएको थियो ।
शनिबार बिहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद सिलुवालको नेतृत्वमा खटिएको गोताखोर टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा नदिको खोचबाट करीव ३५ मिटर भित्रबाट पण्डितको शव अपरान्ह सवा ४ बजे बाहिर निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार