चार विधेयक राष्ट्रियसभामा पेश

0 Shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।
पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘वातावरण संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ९पहिलो संशोधन० विधेयक, २०७५’ हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ पेश गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५’ पेश गरेको थियो ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५’, र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ९पहिलो संशोधन० विधेयक, २०७५’ पेश गरेको थियो । विधेयक प्रस्तुत भएपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार