राससको आमूल परिर्वतन आवश्यकः अध्यक्ष श्यामल

Facebook Debugger

भीमदत्तनगर । राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष हरिहर अधिकारी ९श्यामल०ले राससलाई पुर्नजीवन दिन र विश्वसनीय सञ्चारमाध्यमका रुपमा विकास गर्न आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा रहेको रासस प्रदेश नं ७ को कार्यालय निरीक्षणका क्रममा बोल्दै अध्यक्ष श्यामलले राससको सुधारका लागि सबैको सहयोग आवश्यक रहने बताए ।

कार्यालय निरीक्षणपछि कञ्चनपुरका सञ्चारकर्मीसित राससको सेवा प्रवाहका विषयमा छलफल गर्दै अध्यक्ष श्यामलले राससको रुपान्तरणमा सहयोग गर्न आग्रह गरे ।

राससबाट सेवा लिने सञ्चारमाध्यमले इमान्दारिता देखाउनुपर्ने उहाँको भनाइ थियो । “राससका समाचार अनाधिकृत प्रयोग नियन्त्रण गर्न पहल गरेको छु” उहाँले भने “विगतमा मुलुकमा अस्थिरताका कारण रासस जीर्ण र रोगी बन्न पुग्यो । अब यसलाई सबै मिलेर गतिशील बनाउनु पर्दछ ।”

सो अवसरमा प्रदेश नं ७ का पत्रकार एवं कान्तिपुर दैनिकका प्रदेश प्रमुख चित्राङ थापाले राससले कुशल नेतृत्व पाएको बताउँदै अध्यक्ष श्यामललाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । “रासस पत्रकारिताको पाठशाला हो” वरिष्ठ पत्रकार थापाले भने, “राससलाई नयाँ गति दिनुहोस्, नेतृत्वलाई शुभकामना ।” उहाँले मिडियामा राजनीति हावी भएकोप्रति चिन्तासमेत व्यक्त गरे। छलफलमा रासस प्रदेश सहसंयोजक प्रकाश सिलवाललगायतको सहभागिता रहेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार