५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

दक्षिण कोरिया पुगेको तीन महिनामै एक नेपालीको मृत्यु



दक्षिण कोरिया, ३ असोज । इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । तेह्रथुम जिल्ला घर भएका चौतीस वर्षिय दुधराम लिम्बुको गएराति काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमै मृत्यु भएको किम्फो प्रहरी कार्यलमा विदेशी मामला हेर्ने संयोजक उमेश बस्नेतले जानकारी दिएका छन् । राति राम्रो संग खानपीन गरेर सुतेका लिम्बु बिहान झण्डै तीन बजे पख अनौठो तरिकाले शरिर चलाएको रुम पार्टनर रोशन शाहीले बताए । त्यसपछि उठाउन खोज्दा नउठेपनि सहकर्मीले अर्को रुपमा बस्ने विदेशी कामदारलाई खबर गरेका थिए । विदेशी र सहकर्मी मिलेर अस्पतालमा खबर गरेर एम्बुलेन्स झिाकाएका थिए ।

मृतक लिम्बु तीन महिना अघि अर्थात जुलाई तीन तारिख कोरियामा प्रवेश गरेको बताइएको छ । मृतक लिम्बुको अझै पनि परिचयपत्र अर्थात एलेन कार्ड पनि नबनेको बताइएको छ । उक्त कम्पनीमा दुइ जना नेपाली कार्यरत रहेको बुझिएको छ । मृतक लिम्बुको बारेमा र उनको नेपालको विस्तृत ठेगाना पत्ता लगाउने प्रयास भइरहेको बस्नेतले बताए । मृतक लिम्बुको शव अहिले किम्फोको थोन्जीन अस्पतालमा राखिएको छ । ह्दयघातका कारण मृत्यु भएको हुन सक्ने अस्पतालको प्रारम्भिक अुनमान छ । मृत्युको विस्तृत विवरण पोस्टमार्टमबाट मात्र थाहा हुने छ । जाँडरक्सी जस्ता धुम्रपान र मद्यपानबाट टाढा रहेका मृतक लिम्बु विवाहित हुन् । उनको घरमा श्रीमती र एक दश वर्षिय छोरा समेत रहेको बुझिएको छ ।

घटनाका सम्बन्धमा राजधानी सोलस्थित नेपाली एम्बेसीमा बुझ्दा जानकारीमा आएको र त्यस बारेमा सुचना लिने काम भइरहेको एम्बेसीका श्रम सहचारी देवराज ढकालले जानकारी दिएका छन् । कोरियामा डिप्रेशन, राती खाना खाएर सुतेको भोलीपल्ट मृत अवस्थामा भेटिएको थियो । कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले मृत्यु हुनेको संख्या सन् दुइ हजार सात यता एक सय छ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ५ : ११ बजे