दुर्घटनामा थुलुङ दुधकोशी गाउँपालिकाका वडा ८ अध्यक्ष घाईते

  बुद्धवीर बाहिङ
525 Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष मोटरसाईकल दुर्घटनामा घाईते भएका छन् । मोटरसाईकलमा सवार वडा अध्यक्ष अनुप्रशान्त राई साविकको देउसा बुढिडाँडा स्थित मुल्ठा भीरबाट खसेर दुर्घटनामा परेका हुन् ।

वडा अध्यक्ष राई दुर्घटनामा परेको देउसा बुढीडाडा स्थित मुल्ठाभीर ।

गम्भिर घाईते राईलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
घाईते राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको मेडिसिटी हस्पिटल नख्खु काठमाडौंमा उपचार भैरहेको पनि गाउँपालिका अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार