कुलुङको सूचीकृत हुने अधिकारलाई जोडदार रुपमा उठाउँछु : सांसद बस्नेत

Facebook Debugger

काठमाडौं । सोलुखुम्बु प्रदेश सभा ‘क’ का सांसद उत्तमकुमार बस्नेतले कुलुङ जातिलाई सूचीकृत गर्नको लागि राज्यको सम्बन्धित निकायमा जोडदार रुपमा पहल गर्ने बताएका छन् । किरात कुलुङ संघका पदाधिकारीहरुसँग भेटघाटको क्रममा सांसद बस्नेतले नेपालमा विभिन्न जातजाति बसोबास गर्ने भएकाले कतिपय जातीहरुलाई अझै सूचीकृत गर्न नसकेको भन्दै कुलुङ जातिलाई सूचीकृत गर्न लागि पर्ने बताएका हुन् ।

निर्वाचनको बेला सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा भोट माग्न जाँदा कुलुङहरुलाई राज्यको मुलधारमा ल्याउनको लागि सूचीकृत हुन आवश्यक रहेको उनले बताएका थिए । ‘मैले निर्वाचनको बेला पनि महाकुलुङमा भनेको थिए, अब महाकुलुङमा विकास मात्र होइन, कुलुङहरुलाई सूचीकृत गर्नको लागि पनि पहल गर्नेछु’ सांसद बस्नेतले भने, ‘निर्वाचनको बेला बोलेका कुरा अब व्यवहारमा ल्याउनको लागि तपाईहरुसँग म सँधै लागिरहने छु ।’
नेपालमा पछिल्लो समय कुनै जातजातिको पहिचानलाई जातीय मुद्धा बनाएर झुठो प्रचार गरिएकाले पनि नेपालमा धेरै जातीहरु सूचीकृत हुन बाँकी रहेका छन् । संघीयताको कार्यान्वयनसँगै सूचीकृत हुन बाँकी रहेका सोलुखुम्बु लगायत प्रदेश १ का १४ जिल्लाका जातजातिलाई पनि सूचीकृत गर्न पहल गर्ने सांसद बस्नेतले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार