महेन्द्रदीपको ‘याद यत्ती बल्झिन्नथ्यो’ गीत सार्वजनिक (भिडियो सहित)

  बुद्धवीर बाहिङ
546 Shares

काठमाडौं । महेन्द्रदीप राईको शब्द रचनामा रहेको ‘याद यत्ती बल्झिन्नथ्यो, धुन नभएको भए’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच राईको गीतलाई हाईलाईट्स म्यूजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सोलुखुम्बुको विद्यार्थी राजनीतिमा छुट्टै पहिचान बनाएका राई पछिल्लो समय साहित्य तर्फ आकर्षति भएपछि गीत लेखनमा लागेका हुन् । विद्यार्थी राजनीतिमा पहिचान बनाएका राईको अर्को पहिचान पनि थपिएको छ, त्यो हो रचनाकारको ।
मर्मस्पर्शी आधुनिक गीतमा विछोडिएको प्रेमीले प्रेमीकाको यादमा बिलौनालाई शब्दमा उत्तार्न खोजिएको छ । गीतको शब्दमा कहिले प्रेमीकाले दिएको चोटले सताउँछ त, कहिले उसँगै बिताएको पलमा सुनेको धुनले । माया पिरतीमा गुञ्जीरहने धुनको बारेमा मार्मिक ढंगले रचनाकार राईले शब्दमा उतारेका छन् ।
मर्मस्पर्शी आधुनिक गीतलाई राजेशपायल राईले आवाज दिएका छन् । कम्पोज कृष्ण राईले गरेका छन्, भने एरेञ्ज नोर्बु शेर्पाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार