नक्कली नोटसहित काँकरभिट्टाबाट २ भारतीय पक्राउ

Facebook Debugger

झापा । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो ।

प्रहरीले सतिसको साथबाट ३३ हजार र हितेसको साथबाट १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार