अब खोला तर्दा पनि कर तिर्नुपर्ने, प्रतिव्यक्ति २५ रुपैयाँ

  पत्रपत्रिका
252 Shares

काठमाडौं । ‘अब खोला तर्दा पनि जनतालाई कर’ शीर्षक दिएर स्थानीय तहले लगाएका करबारे नयाँ पत्रिका दैनिकले एक सामग्री प्रकाशित गरेको छ । समाचार अनुसार कैलालीको धनगढी नगरपालिकाले आफ्नै घर वरिपरिका खोलामा डुंगा तर्नेहरुसँग समेत कर लिने निर्णय गरेको हो ।

फाईल फोटो

घाँस दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा नै दिईसकेको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ ठेकेदारले कर उठाउनेछन् ।
रोचक त के छ भने चटपटे बेच्नेले २० र कुखुरामा २० रुपैयाँ कर लाग्नेछ । नागरिकता सिफारिसमा कुनै शुल्क नतिरेका जनताले अब २ हजार कर बुझाएपछि मात्रै सिफारिस पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार