अपडेट : दुर्घटनामा परेका वडा अध्यक्ष राईको स्वास्थ्यमा सुधार

  बुद्धवीर बाहिङ
322 Shares

काठमाडौं । मोटरसाईकल दुर्घटनामा परेका थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष अनुप्रशान्त राईको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । टाउँकोमा गहिरो चोट लागेका राईको ३ घण्टाको शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।

मेडिसिटी हस्पिटल नख्खुमा राईको उपचार भैरहेको छ । राईको बरिष्ठ न्युरो सर्जन डा. गोपाल शर्माको टोलीले उपचार गरिरहेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम रार्ईले बताए । घाईते राईलाई थप एक दिन भ्यान्टिलेटरमा राखेर उपचार गरिने डा. शर्माले बताए ।
राई साविकको देउसा बुढिडाँडा स्थित मुल्ठा भीरमा मोटरसाईकल दुर्घटनामा परेका थिए । गम्भिर घाईते राईलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार