खोटाङ सेवा समाज युएईले साँस्कृति कार्यक्रम गर्दै

Facebook Debugger

काठमाडौं । खोटाङ सेवा समाज युएईले वृहत साँस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवाशी भूमिमा काम गर्ने नेपालीहरु तथा नेपालमा भैपरी आउने बिपत्तीमा सहयोग गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

अगष्ट २४ तारिख शुक्रबार युएईस्थित अबुधाबी मुसाफा के एम हाईपर मार्केट पछाडि रहेको मलेयाली हलमा वृहत साँस्कृति कार्यक्रमको आयोजना गरिएको छ । वृहत साँस्कृतिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेशपायल राई, युवा गायक जिबिहाङ्ग राई, चर्चित मोडल तथा नृत्याङगना वर्षा थिङ लामाको साथमा दर्जनौं स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक सँस्थाका पदाधिकारीले बताएका छन् ।
साँस्कृतिक कार्यक्रममा आउन र जानको लागि युएईका जुनसुकै शहरबाट यातायातको निःशुल्क सुविधा समेत रहेको छ । कार्यक्रममा भाग्यशाली चिट्ठा उपहार कार्यक्रम समेत राखिएको छ । कार्यक्रम दिनको १ बजेबाट शुरु गरिने आयोजक सँस्थाका पदाधिकारीले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार