सप्तरीमा बालक बेपत्ता

175 Shares

लहान । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारबाट मङ्गलबार साँझदेखि एक बालक बेपत्ता भएका छन् । शम्भुनाथ नगरपालिका–१० निवासी देवनारायण सदाको १५ वर्षीय छोरा आकाशकुमार मङ्गलबार साँझबाट बेपत्ता भएको स्थानीयवासी अनिल सदाले जानकारी दिए ।

कठौना बजारमा लाग्दै आएको हटियामा आएका आकाश साँझ ७ बजेबाट अचानक बेपत्ता भएका थिए, अनिलले भने, “उनको चारैतिर खोजी गरिएको छ तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।” आकाश बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार