प्रधानमन्त्रीकै जिल्लामा कर बढाएको विरोधमा प्रदर्शन

Facebook Debugger

झापा । स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

फाईल फोटो

अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका उनीहरूले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोध गरिएको बताएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीका नेता प्रकाश खड्काल यो शान्तिपूर्ण आन्दोलनलाई स्थानीय सरकारले बेवास्ता गरी समयमै उचित सम्बोधन नगरे चरणवद्ध आनदोलनमा जाने बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार