सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

42 Shares

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताए ।
उनका अनुसार सोमबार साँझ चौदण्डीको हटियातर्फ अटो रिक्सामा आफन्तकोमा जाँदै गरेकी किशोरीको पछि लागेर अभियुक्तद्वयले हँडियाको जङ्गलमा किशोरीलाई बलात्कार गरेका र फेरि पनि उनीहरूले ललाइफकाई किशोरीलाई घर ल्याइदिने भन्दै सोही राति अटोरिक्सामा गाईघाटस्थित त्रियुगा बसपार्कको एक होटलमा ल्याएर अन्य युवकसहित मिलेर पुनः सामूहिक बलात्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार