शेयर बजारमा सामान्य सुधार

Facebook Debugger

काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ०।६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०।०२ बिन्दुले घटेको छ ।

कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ ।
स्टकका अनुसार आज दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४।१ र उत्पादन ७७।३२ बिन्दुले बढेको छ । यस्तै व्यापार ३।७१, होटल २७।२५, विकास बैंक २।५३, जलविद्युत् १६।७७, फाइनान्स २।७५, निर्जीवन बीमा २०।७७, अन्य २।६४, माइक्रोफाइनान्स १३।७८ र जीवन बीमा २९।८७ बिन्दुले घटेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार