तक्मे बुढाले पैसा दिएपछि मैले नागरिकता बनाए : कुल्फीवाला मनकुमार

Facebook Debugger

सोलुखुम्बु । विभिन्न युट्युबका च्यानलमा अन्तरवार्ता दिएर भाईरल भएका कुल्फी बेच्ने (कुल्फीवाला) मनकुमार राईले नागरिकता पाएका छन् । राईले आज बिहिबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुवाट नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।
राईलाई सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । नागरिकता पाएपछि राई खुशी भएका छन् । ‘नागरिकता प्रमाण पत्र हातमा पर्दा मेरो खुशीको सिमा रहेन’ मनकुमारले भने, ‘तक्मेबुढा र उहाँको आन्टीहरुले दिएको आर्थिक सहयोगले ढिलै भए पनि मैले नागरिकता बनाएको छु ।’
नेपाली भएर पनि आर्थिक अभावका कारण ढिलो गरी नागरिकता बनाएको उनले बताए । नेचा सल्यान गाउँपालिका २ दोदी सोलुखुम्बुका मनकुमार २६ वर्षपछि नागरिकता बनाउन गृह जिल्ला फर्केका थिए ।

यो पनि हेर्नुहोस । 

आयो कुल्फी आयो भन्दै २६ वर्षपछि सोलुखुम्बु पुगे मनकुमार राई

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार