जतिसक्दो धेरै बच्चा जन्माउनुस्, सरकारले गर्नेछ सहयोग

7 Shares

हामीकहाँ जनसंख्या वृद्धि नियन्त्रणका लागि सरकारले कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई निशुल्क गर्भनिरोध लगायतका सुविधा दिने गरेको छ ।

तर उता दक्षिण कोरिया सरकारले भने आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउने खालका विभिन्न उपाय निकालेको छ ।

देशमा घट्दो जन्मदरका कारण सरकार चिन्तित छ । कोरियन हेराल्ड पत्रिकाका अनुसार प्रजनन सम्बन्धी समस्याको उपचार लगायतमा अब सरकारले आर्थिक सहयोग गर्नेछ, दम्पतिहरुलाई ।

south_korea_baby1111

सरकारी सहयोग सेप्टेम्बर महिनाबाट सुरु हुनेछ र सबै आय वर्गका मानिसहरु यो सहयोगको दायरमा पर्नेछन् ।

सन् १९६० को दशकपछि दक्षिण कोरियामा जन्मदरमा तिव्र रुपमा गिरावट आएको छ । हालैका वर्षहरुमा जन्मदर बढाउने कार्यक्रमका लागि सरकारले करोडौँ डलर खर्च गरेपनि तात्विक अन्तर देखिएको छैन ।

त्यहाँका स्वास्थ्यमन्त्रीले जन्मदर बढाउनका लागि हरसम्भव कोसिस गर्नु आवश्यक रहेको बताएका छन् ।

सरकारी नयाँ व्यवस्था अनुसार प्रजनन सम्बन्धी उपचार गराइरहेका जागिरे मानिसहरुका लागि अर्को वर्ष जुलाई महिनादेखि तिन दिनको अवैतनिक विदा समेत दिइनेछ ।

त्यस्तै दोश्रो बच्चा जन्माउने पिताका लागि दिइने पितृत्व अवकाशबापतको रकम पनि बढाइने घोषणा सरकारले गरेको छ ।

त्यस्तै तिन भन्दा धेरै बच्चा जन्माउने घर परिवारका लागि सार्वजनिक शिशु हेरचाहको सुविधा प्रदान गर्नमा प्राथमिकता दिइनेछ ।

विज्ञहरुका अनुसार कोरियामा जन्मदर घट्नुमा समस्या पैसाको नभै त्यहाँको कर्पोरेट संस्कृतिको हो । कोरियामा कर्मचारीहरुलाई निकै धेरै घण्टा काम गराइन्छ, जसका कारण उनीहरुलाई सन्तान उत्पादन कार्यमा ढुक्क सँग लाग्ने मौका नै प्राप्त हुँदैन र बच्चा जन्मिइसकेपछि त्यसलाई हेरचाह र पालनपोषणको लागि समय निकाल्न पनि नसकिने ठानेर मानिसहरु बच्चा जन्माउने इच्छा गर्दैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार