शिक्षक र आगन्तुकलाई मर्यादित बनाउन लामुडाँडा आविमा सीसी क्यामेरा

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम कुरिमामास्थित लामुडाँडा आधारभूत विद्यालयको कार्यालयमा सिसि क्यामेरा जडान गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन शिक्षक र आगन्तुकहरु समेतलाई मार्यादित, अनुशासित बनाउन सीसी क्यामेरा जडान गरिएको हो ।
विद्यालयमा अनुशासित, मर्यादित शैक्षिक वातावरण निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ सिसी क्यामेरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङतेञ्जिङ शेर्पाले बताए । विद्यालयको कार्यलयमा फोटो खिच्न सकिने, मोबाईल नेटवर्किङ सुविधा समेत भएको अत्याधुनिक गोप्रो क्यामेरा लेन्स जडित आई. पी. क्यामेरा जडान गरिएको अध्यक्ष शेर्पाले बताए ।
गाँउपालिकाको भौगोलिक विकटता र दुर्गम मानिने साविकको लोखिम ९ कुरिमास्थित लामुडाँडा आविको शिक्षा अवस्थालाई सुधार गर्न, पहिलो चरणमा निगरानी बढाउन यस्तो प्रविधिको प्रयोग गरिएको प्रधानाध्यापक पदमकुमार थुलुङ राईले बताए ।
क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सकिने छ । यसले शिक्षामा सकारात्मक प्रभाव पार्ने विद्यालयका शिक्षकहरुको विश्वास छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार