गायिका कार्कीको ‘माईतीको आगनी’ म्युजिक भिडियो सार्वजनिक

714 Shares

सोलुखुम्बु । नव गायिका निशा कार्कीको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युब च्यानल मार्फत ‘माईतीको आगनी’ बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

तीजमा माईती जान नपाएका चेलीहरुलाई कर्मघरको यथार्थता म्युजिक भिडियो मार्फत देखाइएको छ । जन्मदिने बाबाआमालाई भेट्न वर्षदिनमा पनि माईती जान नपाएपछि बिरक्तिएर तीज गीत गाइएको हो । नव गायिका कार्की सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङलाका स्थायी बासिन्दा हुन् ।
गीत सञ्चारकर्मी शिखर श्रेष्ठ ‘गजरकोटे’ को शब्दरचना तथा सागर विरहीको लय रहेको छ । तीज गीतको म्युजिक भिडियोलाई खेम थापामगरले छायांकन गरेका छन्, भने सम्पादक मेकबहादुर थापाले गरेका छन् । गीतको निर्माण तथा निर्देशन धर्मराज पोखरेल गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार