‘तामाङ मिडिया अवार्ड’बाट सोलुखुम्बुकी पत्रकार सुजता सम्मानित

Facebook Debugger

काठमाडौं । ‘तामाङ मिडिया अवार्ड २०७५’बाट सोलुखुम्बुकी पत्रकार सुजता तामाङ सम्मानित भएका छन् । २४ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघले बीबीसी नेपाली सेवाको सोलुखुम्बु संवाददाता सुजता तामाङ र मिरमिरे एफएमका कार्यक्रम सञ्चालक विष्णु दोङलाई नगद सहित सम्मान गरेको हो ।

सम्मानित तामाङ र दोङलाई प्रदेश ३ का उपसभामुख राधिका तामाङले सम्मान पत्र प्रदान गरेका थिए । तामाङ भाषामा पहिलोपटक रेडियो नेपालमा समाचार प्रसारण भएको दिनलाई तामाङहरुले तामाङ प्रसारण दिवसका रुपमा मनाउँदै आएका छन् । २०५१ साल भदौं १ गते तामाङ भाषामा पहिलोपटक रेडियो नेपालबाट कार्यक्रममा सञ्चालन भएको थियो ।
कार्यक्रममा भाषाविद अमृत योञ्जन, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ लगायत् सहभागी थिए । वि.सं. २०६१ सालमा सामुदायिक रेडियो सोलु एफएमवाट पत्रकारिता शुरु गरेकी सुजता निरन्तर सोलुखुम्बुमा रहेर पत्रकारितामा सक्रीय छिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार