‘देखाउनकै लागि भएपनि प्रदेश २ मा धेरै विकास गर्छु’ : प्रधानमन्त्री ओली

126 Shares

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्माओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् । केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका हुन् ।

शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने बताए । तर, संघर्ष नभई सहकार्य गर्न आग्रह गरे । ‘नयाँ जुत्ता दामी नै भएपनि राम्रो नै भएपनि पुरानो जस्तो खुट्टामा मिलेको हुँदैन । पहिलो दिन त दुख्छ । तर, एक दुई दिन लगाएपछि मिल्छ ।’
प्रदेश सरकार केन्द्र र स्थानीय तहको तानातानमा पर्न सक्ने भन्दै उनले सम्वादबाट समाधान खोज्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेशसभामा भने, ‘झन्जट महसुस पनि हुनसक्छ तर, यसलाई समझदारीपूर्ण ढंगले टुंग्याउन सकिन्छ ।’
देखाउनकै लागि भएपनि प्रदेश २ मा धेरै विकास
प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेको ६ महिना भोलि पुग्ने बताए । आफ्ना १० वटा छ महिना मध्ये एउटा सकिएको भन्दै उनले बाँकी समयमा धेरै काम गर्न बाँकी रहेको बताए ।
धेरै विरोध प्रदेश २ मा भएको भन्दै ‘यो सरकार के रहेछ’ भनेर देखाउन पनि यहाँ बढी विकास गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार