आमा भनेको आमा हो, छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष

140 Shares

म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा एक महिलाले दिवङ्गत छोरीको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी छ ।

अष्टे«लियाको सिड्नीमा २०७४ भदौ १ गते दिवङ्गत भएकी सङ्गीता राम्जालीको वार्षिक पुण्य तिथि पारेर उहाँकी आमा धनकुमारी थापाले गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि अक्षयकोष स्थापना गरेकी हो ।

 

कोषको ब्याजबाट १–५, ६–८, ९ र १० मा सबैभन्दा बढी अङ्क ल्याउने अन्य र दलित समुदायका एक÷एक जना तथा विद्यालयमा सबैभन्दा बढी अङ्क ल्याउने थप एक जनालाई वार्षिक रु दुई हजारका दरले पुरस्कृत गरिने प्रअ पृथबहादुर थापाले जानकारी दिए ।

यसैगरी विपन्न समुदायका छ जनालाई वार्षिक रु एक हजारका दरले सहयोग गरिने भएको छ ।

भुरुङ–तातोपानी कुण्ड कटानको जोखिममा

कालीगण्डकीले धार परिवर्तन गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड कटानको उच्च जोखिममा परेको छ ।

कालीगण्डकीमा आएको बाढीले शुक्रबार रातिदेखि बस्ती, कुण्ड र सडक कटान गर्न थालेको हो । कालीगण्डकीले कटान गरेर बेनी–जोमसोम सडकको भुरुङ तातोपानी खण्डमा करीब २० मिटर सडक बगाएपछि आवतजावत बन्द भएको छ ।

कालीगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योगमा पूर्णरुपमा क्षति पु¥याएको छ ।

कालीगण्डकी किनारमा रहेको कुण्डतर्फ कालीगण्डकीको धार सोझिएको छ । बाढीले बगाएर ल्याएको ढुङ्गासहितको गेगर थुप्रिएपछि नदीको सतह साविकको भन्दा बढेको छ । तातोपानीको कुण्डतर्फ नदीको धार सोझिएपछि कटानको जोखिम बढेको वडाध्यक्ष फगामीले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार