सल्लेरीमा आधारभूत पत्रकारिता तालिम शुरु

Facebook Debugger

सोलुखुम्बु । हिमाल एफ. एम. सोलुखुम्बुको आयोजनामा सदरमुकाम सल्लेरीमा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । पत्रकारितामा लाग्न चाहनेहरुका क्षमता अभिबृद्धि गरी रेडियोमा रोजगारीको अवसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमपछि केहि उत्कृष्टलाई रेडियोमा रोजगारीको अवसर प्रदान गर्ने गरी शुरु भएको ४ दिने तालिममा सोलुखुम्बु र ओखलढुङ्गाका १ सय १५ जनाको सहभागीता रहेको छ । तालिम पश्चात लिखित र प्रयोगात्मक परीक्षा लिइने बताइएको छ ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठ, हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौला र वरिष्ठ कार्यक्रम उत्पादक उपेन्द्र अर्याल र प्रेस युनियन सोलुखुम्बुका अध्यक्ष सन्तोष राउतले गरिरहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार