तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

147 Shares

एजेन्सी । पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामा अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको थिएनन् ।

हो, पोल्याण्डको बियर कम्पनी ‘द अर्डर अफ योनी’ले साँच्चीकै योनी बियर बजारमा ल्याएको छ । यो बियरको नाम मात्र होइन, साँच्चीकै योनीमय छ । यसमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ । काटोइस सहरको बियाला माल्पा पबमा यो बियर पाइनेछ । बियरमा दुईजना हट सुन्दरी मोडेलहरु पाउलिना र मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ । ती हानिरहीत ब्याक्टेरियाले यौनांगमा ल्याक्टिक अम्ल बनाउने काम गर्दछन् । महिला डाक्टरहले ती मोडेलका यौनांगबाट योनीरस निकाल्छन् र त्यसलाई प्रयोगशालामा लगेर त्यसबाट बियर उत्पादनका लागि आवश्यक ल्याक्टिक एसिड ब्याक्टेरिया छुट्टाइन्छ ।
यो असाधारण बियर दुई प्रकारमा उत्पादन गरिएको छ । बोटल्ड लस्ट र बोटल्ड प्यासन नामबाट । दुबैमा ८ प्रतिशत अल्कोहल छ । लस्ट ब्राण्ड नटमेग स्वादमा छ र यसमा पाउनिला नामकी मोडेलको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ । प्यासन चाहीँ क्लासिक बियर हो र यसमा मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ । योनी बियरका बारेमा कम्पनीले फेसबुक मार्फत पहिलोपटक सार्वजनिक गरेसँगै यसले ठूलै चर्चा कमाएको छ । कतिपयले यसको विरोध गरेका छन् त कतिपयले रमाइलो मानेका छन् । यो बियर पहिलोपटक चाख्ने एकजना व्यक्तिले चाहीँ प्रचार गरिएको जस्तो स्वाद यसको नरहेको टिप्पणी गरेका छन् । केही इन्टरनेट प्रयोगकर्ताले बियर उत्पादनका लागि ब्याक्टेरिया लिइएका मोडेलहरुको यौनरोगको परीक्षण गरिएको थियो कि थिएन ? भनेर समेत प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार