काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने : कोइराला

Facebook Debugger

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।
उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।
महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने पनि बताए । उनले जनमत संग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार