भालुको आक्रमणबाट घाईते शेर्पा उपचारको पर्खाईमा

Facebook Debugger

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका ३ छेस्काम बोक्सुवारका ३६ वर्षिय पासाङदावा शेर्पा भालुको आक्रमणबाट गम्भिर घाईते भएका छन् । डोको बुन्ने चोया लिन घर नजिकैको जंगलमा गएको बेला एक्कासी भालुले आक्रमण गरेपछि शेर्पा गम्भिर घाईते भएका हुन् ।

आईतबार दिउँसो १ बजे भालुले आक्रमण गरी गम्भिर घाईते शेर्पालाई अस्पतालसम्म उपचारका लागि पुर्याउने कोहि नभएपछि थप समस्या भएको हो । उनको गाउँ बोक्सुवारबाट छेस्काम उपस्वास्थ्य चौकीसम्म आईपुग्न ५ घण्टाको पैदल हिड्नु पर्ने भएकाले शेर्पा घरमै उपचारको पर्खाईमा बसेका हुन् ।
भालुको आक्रमणबाट गम्भिर घाईते भएका शेर्पा आफै हिड्न नसक्ने भएकाले उपचार गर्न स्वास्थ्य चौकीसम्म जान पनि समस्या भएको हो । उनको गाउँ सानो भएकाले पनि बोकेर स्वास्थ्य चौकीसम्म लैजाने कोहि नभएपछि उनी घरमै छटपटाउँदै बस्न बाध्य भएका छन् ।
उनको घाँटी, कम्मर र पेटमा चोट लागेको छ । उपचारको पर्खाईमा घरमै छटपटाई रहेका शेर्पालाई उपचार गर्न छेस्काम स्वास्थ्य चौकीबाट १ जना अहेब र २ जना प्रहरी बोक्सुवार पठाएको महाकुलुङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष डेक कुलुङले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार