गाविस अध्यक्षदेखि सभासदसम्म:हर्कबोल राई बाहिङ (दुङ्मोचा)

7 Shares

बुद्धवीर बाहिङ । वि.सं. २०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन एकताको पाँचौंबाट राजनीतिमा होमिएका हर्कबोल राई दुङमोचा बाहिङले १५ वर्षको कलिलै उमेरमा राजनीतिको कखरा शुरु गरेका थिए । वामपन्थी विचारलाई अंगीकार गरेका बाहिङको जीवनकालमै विभिन्न राजनैतिक उतारचढाव समेत मुकाविला गर्नुप¥यो । जुन समस्या र संघर्षले जीउनुको वास्तविकता र यथार्थतालाई बाहिङले नजिकबाट नियाल्न सके । जसले गर्दा बाहिङ समुदायमा जन्मिएर पनि छोटो समयमै जनप्रतिनीधी भएर संविधान संविधानसभा सदस्य भए ।
ओखलढुंगा जिल्लाको दक्षिणपूर्वी माम्खा ७ डाँडागाउँमा वि.सं. २०३० साल साउन १९ गते बाबु सार्कीधन दुङमोचा बाहिङ र आमा भैमाया दुङमोचा बाहिङको कोखबाट हर्कबोल दुङमोचा राई बाहिङको जन्म भएको थियो । सामान्य परिवारमा जन्मिएका बाहिङले सानै उमेरमा धेरै समस्या र संघर्ष गर्नु प¥यो । सानै उमेरदेखि शिर्जनशीलता र वाककलामा रुची भएका बाहिङले भविष्यमा कुनै दिन राष्ट्रसेवक बन्छु भन्ने सोच राखेका थिए ।

Harkabol-Bahing-Rai_-Photo.
बाहिङले वसेरी प्राथमिक विद्यालय माम्खा ७ डाँडागाउँबाट औपचारिक शिक्षा शुरु गरे । उनले वसेरी प्राविमा कक्षा ३ सम्म अध्ययन गरे । जुन समयमा वसेरी प्राविमा कक्षा ३ सम्ममात्र पढाई हुन्थ्यो । कक्षा ३ भन्दा माथिको शिक्षाका लागि डाँडागाउँबाट करिब १ घण्टाको बाटोमा पर्ने माम्खा प्राथामिक विद्यालय (अहिले उच्च माध्यमिक विद्यालय) जानु पथ्र्यो । बाहिङले ४ कक्षादेखि एस.एल.सी.सम्म माम्खा उमाविमै अध्ययन गरे ।
एस.एल.सी. पास गरेपछि उच्च शिक्षा हासिल गर्न बाहिङ सुनसरी जिल्लाको धरानतर्पm हानिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातक तह उत्तिर्ण गरे । अनेरास्ववियू पाचौंबाट राजनीति शुरु गरेका बाहिङ नेकपा एमाले गाउँ कमिटि माम्खाको सदस्य, नेकपा एमाले १ नं. ईलाका कमिटिको सदस्य, प्रजातान्त्रिक राट्रिय यूवा संघ नेपाल ओखलढुंगा जिल्ला कमिटको सदस्य भएर अनवरत रुपमा पार्टीको काम गरिरहे । त्यसैगरी वि.सं. २०५४ सालमा नेकपा एमाले जिल्ला कमिटि ओखलढुंगाको सदस्य भए । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा माम्खा गाविसको अध्यक्षमा समेत निर्वाचित भए ।
त्यसैगरी नेकपा एमाले जिल्ला कमिटि ओखलढुंगाको उपसचिव समेत भएर बाहिङले काम गरे । बाहिङ विभिन्न संघ संस्थामा समेत आबद्ध भएर निस्वार्थ सामाजिक काम गरे । अन्ततः वि.सं. २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमाले ओखलढुंगा जिल्लाबाट संविधान सभा सदस्यमा बाहिङ निर्वाचित भए ।
व्यक्तिगत स्वार्थभन्दा पार्टी र संस्थागत स्वार्थलाई बढी जोड दिने बाहिङलाई नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको चितवनको दास ढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यू हुँदा अत्यन्तै दुःख लागेको बताउँछन् । ‘दिवङ्गत नेता भण्डारी जीवित भईदिएको भए सायद नेपालमा यत्ति लामो संक्रमणकाल, बेरोजगारी, भ्रष्टाचार लगायत विकराल परिस्थिति देख्नु, भोग्नु पर्दैन थियो होला नेपाली जनताले’ बाहिङले भने । यत्ति मात्र होइन लोक कल्यानकारी कार्यक्रम ‘‘आफ्नो गाउँ आँपैm बनाउँ’’ भन्ने लोकप्रिय कार्यक्रम ल्याउने प्रथम वाम प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले अस्पतालको शैयाबाट देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएको बेला बाहिङलाई अत्यन्तै दुःख लागेको थियो । राजनीतिमा कहिले काँही आफ्नै पार्टीभित्र पनि घातप्रतिघातको सिकार भएको बेला समेत उनलाई दुःख लागेको छ ।
विभिन्न पुस्तक, पत्रपत्रिका अध्ययन गर्ने । विचार प्रधान लेख लेख्ने । निस्वार्थ समाज सेवा गर्ने र सामुदायिक हक हितको लागि डटेर लाग्ने बाहिङको रुची छ ।
नेपालको करिब ३८ प्रतिशत जनसंख्या ओगट्ने आदिवासी जनजातिहरु केन्द्रीकृत एकात्मक शासन प्रणालीबाट पछाडि पारिएको बाहिङले बताए । बाहिङले भने ‘भाषा, धर्म, संस्कार, संस्कृतिका हिसावले समृद्ध र सुसम्पन्न आदिवासीहरु राज्यद्धारा अपहेलित भएका छन् । आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार र संस्कृति यो देशको अमूल्य सम्पदा हुन् । यी अमूल्य सम्पदाहरुको संरक्षणमा राज्यको कुनै साथ सहयोग छैन । बरु उल्टै राज्यद्धारा धर्मको नाममा एकाधीकार लाद्ने प्रयास जारी छ ।’
‘बहुभाषिक, बहुधार्मिक, बहुजातिय मुलुकमा अन्तरिम संविधानले व्यवस्था गरेको धर्म निरपेक्षता हटाउने षडयन्त्र जारी छ । आदिवासी जनजाति, दलित, महिला, पिछडिएको क्षेत्र र वर्गसँग हिजो राज्यले विभिन्न समयमा गरेका सहमती, सम्झौताहरु तोड्ने, उलंघन गर्ने काम भईरहेको छ । तसर्थ धर्मनिरपेक्षता, राज्यको हरेक निकायमा समानुपातिक, समावेशी सहभागिता, पहिचान र सामथ्र्यमा आधारित संघीयता, आदिवासी जनजाति आयोग, सरकारले अन्तराष्ट्रियरुपमा आदिवासी जनजातिहरुको सन्दर्भमा गरेका सन्धीसम्झौता कार्यान्वयन गराउनको लागि संविधानमा उल्लेख गर्नु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।’ बाहिङले भने ।
आदिवासी जनजातिका अधिकार संस्थागत गराउनको लागि आदिवासी जनजाति सभासदहरुको मूल दायित्व भएको बाहिङले बताए । आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्नको लागि बाहिङ सदा लडिरहने समेत बताए । वर्तमान राजनीतिक शक्ति सन्तुलन र संविधान सभाभित्रको जातिगत सन्तुलनले मात्र पर्याप्त नहुने बाहिङको ठहर छ । तसर्थ आउने नयाँ संविधानमा आदिवासी जनजातिहरुको हक, अधिकार स्थापित गर्न अप्ठ्यारो भएको छ । जसका लागि सबैले आवाज उठाउनु पर्ने बाहिङको भनाई छ ।
बाहिङले यूवा अवस्थामै जीवन भोगाइको विभिन्न कुइनेटोहरु पार गरिसकेकाले पनि अहिले आएर जीवन जिउने संघर्ष केही सहज भएको बताए । झनै बाहिङ समुदायलाई हेर्ने दृष्टिकोण त पारिवारिक समुदाय भएको बताए । बाहिङले भने ‘किरात समुदायभित्र अल्पसंख्यक बाहिङ बन्धुहरु विस्तारै–विस्तारै संगठित हुनेक्रममा छौं, खासगरी भाषा, संस्कार, संस्कृतिका हिसावले जीवन्त हामी बाहिङ बन्धुहरु शिक्षा र चेतनाका हिसावले अन्य किरात समुदायभन्दा पछि छौं ।’
‘यद्यपि निराश हुनुपर्ने अवस्था छैन, यस पत्रिका मार्पmत सम्पूर्ण बाहिङ बन्धुहरुलाई एकताबद्ध हुन हार्दिक अनुरोध गर्दछु ।’ बाहिङले भने ।
वर्तमान संविधान सभामा आदिवासी जनजातिहरुको उपस्थितिको हिसावले अनुकुल नभएको बाहिङको भनाई छ । बाहिङले भने ‘राजनीतिक शक्तिसन्तुलनको हिसावले पनि अनुकुल छैन, यद्यपि संविधानमा उल्लेख गरिनु पर्ने धर्म निरपेक्षता, राज्यको हरेक निकायमा समानुपातिक, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी, विवादित राष्ट्रिय जनावर गाईको विकल्प, आई एल ओ १६९ लाई लागू गर्न संवैधानिक ग्यारेन्टी, मातृभाषामा प्राथमिक शिक्षा, जनजाति आयोग, सामथ्र्य र पहिचानको आधारमा संघीयताको विषयमा संविधान सभामा जोडदार रुपमा उठाएको छु ।’ जसको रेकर्ड संविधान सभा सचिवालयमा उपलब्ध छ ।
अबको बाटो बाहिङले राजनीतिकै हिड्ने बताएका छन् । बाहिङले भने ‘अब त म बाँचुञ्जेलसम्म राजनीति गरीरहन्छु, राजनीतिसँगै समाज सेवा पनि गर्ने इच्छा जागेको छ ।’

साभार:चाम्फुरी मासिक 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार