कुल्फीवाला मनकुमार, तक्मेबुढासँग विज्ञापनमा खेल्दै

  बुद्धवीर बाहिङ
987 Shares

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार राई तक्मेबुढा (विल्सनविक्रम राई)सँगै विज्ञापनमा अभिनय गर्ने भएका छन् । ब्ल्याकहर्स सुजको विज्ञापनमा अभिनय गरेका तक्मेबुढाले मनकुमारको लगनशीलतालाई देखेर सँगै विज्ञापनमा खेल्न अनुरोध गरेका हुन् ।

गीत गाउँदै, नाँच्दै जाडो याममा बदाम र गर्मी याममा कुल्फी बेच्दै हिडेका मनकुमारको भिडियो एकाएक सामाजिक सञ्जालमा भाईरल भएपछि उनलाई विज्ञापनमा अभिनय गराउन तक्मेबुढा तम्सिएका हुन् । मेरो अनलाईन टिभी युट्युब च्यानलको कुराकानीमा सँगै देखिएका कुल्फीवाला र तक्मेबुढाले चाँडै ब्ल्याकहर्स सुजको विज्ञापनमा अभिनय गर्ने बताएका थिए ।
कुल्फीवाला मनकुमारलाई तक्मेबुढालेनै नागरिकता बनाउन पठाएको रहस्य खुलाएका छन् । उनलाई विज्ञापनमा अभिनय गराउनुअघि सम्झौतापत्रमा हस्ताक्षर गर्दा नेपाली नागरिकताको प्रतिलिपी चाहिने भएकाले नागरिकता बनाउन पठाएको तक्मेबुढाले बताए । कुल्फीवाला मनकुमार अहिले काठमाडौंमा चर्चित कलाकारहरुसँग भेटघाटमा व्यस्त छन् । अहिलेसम्म उनले बुद्धि तामाङ ‘हनुमाने’ र रजनी गुरुङ ‘मंगली’ लाई भेटेर कुल्फी डान्समा छमछमी नचाई सकेका छन् । नागरिकता बनाउन हौसला, आर्थिक सहयोग दिने हङकङका कविता गुरुङ र विमला राईलाई जीवनमा कहिल्यै नभुल्ने पनि कुल्फीवाला राईले बताए । विगतलाई सम्झदा भावुक भएका राईले कुनै न कुनै काम निरन्तर रुपमा गरिरहन सबैलाई आग्रह गरेका छन् । उनले आङसाङ सूकीको भनाई उदृत गर्दै भने, ‘तिमीले केहि गर्यो भने केहि पाउँनेछौ, तर केहि गरेनौं भने केहि पनि पाउँदैनौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार