किराँती चलचित्र ‘सायाबुङ’को विशेष प्रदर्शन भदौ ३० मा

Facebook Debugger

काठमाडौं । किराँत राई सँस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्नीमा हलमा भदौ ३० गते चलचित्र ‘सायाबुङ’को विशेष प्रदर्शन हुन लागेको हो ।

किराँत राई सँस्कृतिमा आधारित चलचित्रमा किराँतीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तता दिँदै दमदार अभिनय मार्फत प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराँती सभ्यतामा राखिएको भए पनि भाषा नेपालीमा छ । हिमाली भेगको रहनसहनलाई समेत चलचित्रमा झल्काउने कोशिस गरिएको निर्माता साया राईले बताए । चलचित्रको लेखन तथा निर्देशन भोगीराज राईले गरेका छन् ।
काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्माता राईले बताए । त्यसैगरी भारतको दार्जीलिङ, सिक्किम, मणिपुर, कालेबुङ र साउदी अरबमा पनि प्रदर्शन गरिने निर्माता राईले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार