अपडेट : भालुको आक्रमणबाट घाईते शेर्पालाई उपचार गर्न घरमै पुगे अहेब

Facebook Debugger

सोलुखुम्बु । आइतबार दिउँसो भालुको आक्रमणमा परी गम्भिर घाईते भएका पासाङदावा शेर्पाको उपचार गर्न छेस्काम स्वास्थ्य चौकीको टोली उनको घरमै पुगेका छन् । शेर्पालाई उपचारको लागि स्वास्थ्य चौकीसम्म लैजाने गाउँमा कोहि नभएकाले छेस्काम स्वास्थ्य चौकीको अहेब नरेन्द्र थ्यायतको टोली उपचार गर्न घरमै पुगेको हो ।

शेर्पालाई भालुले घाँटी, पेट र खुट्टामा चिथोरी गम्भिर घाईते बनाएको थियो । उपचारपछि उनको अवस्था खतरामुक्त रहेको अहेब थ्यायतले बताए । घाईते शेर्पाको उपचारको लागि महाकुलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष डेक राईले स्वास्थ्य चौकीका अहेब र छेस्काम प्रहरी चौकीका २ प्रहरी सहितको टोली पठाएका थिए । स्वास्थ्य चौकीबाट घाईते शेर्पाको घर पुग्न ५ घण्टाको पैदल हिड्नु पर्छ ।
गाउँ नजिकै जंगलमा डोको बुन्ने चोया लिन जाँदा शेर्पालाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको थियो । गाउँमा कोहि युवा नभएकाले उपचारको लागि सामाजिक सञ्जाल फेसबुकबाट घाईते शेर्पाले छेस्कामकै दिलिपसिं कुलुङलाई गुहारेका थिए । कुलुङले सामाजिक सञ्जाल फेसबुकमा शेर्पाको अवस्था र तस्वीर पोष्ट गरेपछि उनले समयमै उपचार पाएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार