उम्दा यूवा नेता:सूर्य कुलुङ

0 Shares

बुद्धवीर बाहिङ । वि.सं. २०४७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन गुदेल निम्न माध्यमिक विद्यालयको प्रारम्भिक कमिटिको संयोजकबाट राजनीतिमा होमिएका सूर्य कुलुङले ११ वर्षको कलिलै उमेरदेखि राजनीतिको कखरा शुरु गरेका थिए । वामपन्थी विचारबाट प्रभावित भई राजनीति शुरु गरेका कुलुङले केहि समयपछि वामपन्थी राजनीतिलाई त्यागेर प्रजातान्त्रिक विचारलाई आत्मासाथ गरी कस्सिएर नेपाली का्रग्रेस पार्टीमा लागे । कुलुङको जीवनकालमै विभिन्न राजनैतिक उतारचढाव समेत मुकाविला गर्नुप¥यो । जुन समस्या र संघर्षले जीउनुको वास्तविकता र यथार्थतालाई कुलुङले नजिकबाट नियाल्न सके । जसले गर्दा कुलुङ समुदायमा जन्मिएर पनि छोटो समयमै सोलुखुम्बु जिल्लाको उम्दा युवा नेताको रुपमा दरिएका छन् ।
सोलुखुम्बु जिल्लाको कर्णाली भनेर परिचित बुङ १ साद्दीमा वि.सं. २०३६ साल वैशाख १ गते बाबु भलाकाजी कुलुङ र आमा आसरानी नाछिरिङ कुलुङको कोखबाट सूर्य कुलुङको जेठो सन्तानको रुपमा जन्म भएको थियो । सामान्य परिवारमा जन्मिएका कुलुङले सानै उमेरमा धेरै समस्या र संघर्ष गर्नु प¥यो । सानै उमेरदेखि शिर्जनशीलता र राजनीतिमा रुची भएका कुलुङले भविष्यमा राष्ट्रसेवक बन्छु भन्ने सोच राखेका थिए । जुन सोचले गर्दा उनी राजनीतिमा सक्रिय रुपमा लागेका छन् ।

Surya-Kulung-Photo-1.
कुलुङले गुदेल निम्न माध्यमिक विद्यालय गुदेलबाट औपचारिक शिक्षा शुरु गरे । उनले गुदेल निमाविमा कक्षा ७ सम्म अध्ययन गरे । कक्षा ७ मा पढ्दा पढ्दै आमाको मृत्यु भएकाले उनलाई मामाले काठमाडौं ल्याएर उच्च शिक्षा पढाए । उनले कक्षा ७ बाटै फेरी पढाईलाई निरन्तरता दिए । काठमाडौं बाफलको ज्ञानोदय माध्यमिक विद्यालयबाट एस.एल.सी. सम्म पढे । कुलुङले उच्च शिक्षा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसबमा पढे ।
अनेरास्ववियूको प्रारम्भिक कमिटिबाट राजनीति शुरु गरेका कुलुङले केहि समयको वामपन्थी राजनीतिलाई त्यागेर प्रजातान्त्रिक राजनीतिमा होमिए । कुलुङ वि.सं. २०५७ सालदेखि २०६१ सालसम्म नेपाल विद्यार्थी संघ सोलुखुम्बुको सभापतिमा निर्विरोध निर्वाचित भए । नेविसंघ सोलुखुम्बुको सभापतिमा रहदा कुलुङले विद्यार्थी राजनीतिलाई बलियो बनाए । जसले गर्दा कुलुङ नेविसंघ सोलुखुम्बुको दुई पटकसम्म सभापतिमा निर्विरोध निर्वाचित भए । कुलुङको राजनैतिक सक्रियताकै कारण वि.सं. २०६२ सालमा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भए । आरआर क्याम्पसको नेविसंघ ईकाई सदस्य, नेपाली काङग्रेस गुदेल गाउँ ईकाई सभापति २०५७, नेविसंघ केन्द्रीय संगठन विभाग सदस्य, नेविसंघ सगरमाथा अञ्चल सदस्य, नेपाली कांग्रेस जिल्ला सह–सचिव लगायत कुलुङले पार्टीको जिम्मेवार पदमा बसेर सक्रिय रुपमा काम गरे ।

Surya-Kulung-Photo-2.
व्यक्तिगत स्वार्थभन्दा पार्टी र संस्थागत स्वार्थलाई बढी जोड दिने कुलुङलाई जन्मदिने आमाको निधन हुँदा अत्यन्तै दुःख लागेको बताउँछन् । ‘यदि अहिलेसम्म मेरो आमा बाँच्नु भएको भए म अहिलेको अवस्था भन्दा धेरै अगाडि हुन्थे होला’ कुलुङले भने । सानै उमेरमा आमा गुमाएका कुलुङले आमाको माया कस्तो हुन्छ भन्ने राम्ररी महशुस गर्न नपाएको बताउँछन् । ‘भाग्यमा जे लेखिएको छ त्यही भोग्नु पर्ने प्राकृतिक नियमलाई कसैले फेर्न नसक्ने रहेछ’ कुलुङले भने ।
विभिन्न पुस्तक, पत्रपत्रिका अध्ययन गर्ने । निस्वार्थ समाज सेवा गर्ने र सामुदायिक हक हितको लागि डटेर लाग्ने कुलुङको रुची छ । त्यत्ति मात्र होइन सोलुखुम्बु जिल्लालाई विश्वको पर्यटकीय केन्द्रको आकर्षण बनाउने महत्वकांक्षी योजना अघि सार्ने सोचमा छन् कुलुङ । विभिन्न सालमा भएका निर्वाचनमा नेपाली कांग्रेसको प्रचारप्रसारमा जिल्लाको सम्पूर्ण भूगोल पुगेका कुलुङ सोलुखुम्बु जिल्लाको विकासमा आवश्यकीय पूर्वाधारको खोजी गरिरहेका छन् ।
कुलुङ राजनीतिमा मात्र होइन आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्नको लागि पनि सदा लडिरहने बताए । उनी किरात महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई काम गरिरहेका छन् । ‘जाति र समुदायभन्दा माथि कोही हुदैन’ कुलुङले भने ।
वि.सं. २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा नेविसंघको तर्पmबाट कुलुङले महत्वपूर्ण भूमिका खेलेका थिए । ‘वि. सं. २०५७ सालदेखि मैले कुनै व्यक्तिगत काम गरेको छैन’ कुलुङले भने । नेपाली काग्रेसको राजनीतिमा होमिएका सोलुखुम्बुका युवाहरुलाई सुरक्षित रुपमा अगाडि बढाउने उनको योजना छ । ‘मैले लिएको नेतृत्वमा अहिलेसम्म कसैलाई काखा कसैलाई पाखा गरेको छैन’ कुलुङले भने ।
अबको बाटो कुलुङले राजनीतिकै हिड्ने बताएका छन् । कुलुङले भने ‘बाँचुञ्जेलसम्म राजनीति गरीरहन्छु, राजनीतिसँगै समाज सेवा पनि गर्दै जानेछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार