काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनालाई स्कर्टिङ गरिरहेकै बेला प्रहरीको मोटरसाईकल सडकमा एक्कासी बजारिएको छ । कालिमाटी स्थित खालि सडकमा भिआईपीलाई स्कर्टिङ गर्दै हुइँकिरहेको प्रहरीको मोटरसाईकल सडकको किनारामा नराम्ररी बजारिएको हो ।

भिआईपीको चिल्ला गाडीहरूको लस्करमा जोडले हुइँकिएका मोटरसाईकल के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन् । दुर्घटनामा परेका प्रहरीलाई ट्राफिक प्रहरीहरूले तत्काल प्रहरीकै गाडीमा हालेर अस्पताल लगेका छन् ।
खाली सडकमा प्रहरीले नै चलाएको सवारी साधन दुर्घटना हुन्छ भने राजधानीभित्र सडकको अवस्था कस्तो छ भनेर सहजै अडकल लगाउन सकिन्छ । विदेशी पाहुनलाई राजधानीको बाहिरी रुपमा देखाउन अन्धाधुन्दा खाल्डो पुरी रंग पोतिएकाले सडकमा यस्तो दर्घटना भएको स्थानीयको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/YPRZYlkV1sk








