५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

एपी शेर्पाको ‘किन हो सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । गायक एपी शेर्पाको ‘किन हो सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानल मार्फत शेर्पाको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

प्रेमी, प्रेमिकाबीचको भेटघाट पातलीएपछि प्रेमीको छातिमा झनझन बढेको बोझ होस वा कतै अरुसँगनै पो मायामा परिन की भन्ने शंका ? बिरानो कोहि मान्छेको पो भयौ की ? सरर मोटर चढेर पो गयौ की ? भनेर प्रेमीले प्रेमिकालाई सोधेका छन् । भेट्न बोलाउँदा समेत नआएपछि प्रेमी आफै प्रेमिकालाई भेट्न गएका छन् ।

म्युजिक भिडियोमा छिरिङडोमा शेर्पा, अभि लामा र गायक शेर्पाले जीवन्त अभिनय गरेका छन् । सुरेशकुमार क्षेत्रीको शब्दरचना एवं संगीत रहेको म्युजिक भिडियोलाई धरान र काठमाडौंमा छायांकन गरिएको हो । भिडियोको छायांकन, सम्पादन र निर्देशन सूर्य लामाले गरेका हुन् ।
एरेञ्ज मनराज थापाको रहेको छ । भिडियोमा प्रविन राईले ड्रोन चलाएका छन् । गायक शेर्पा धरानमा बसेर संगीतकर्म गरिरहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ७ : ४८ बजे