फेसबुकमा भिडियो अपलोड गरेर यसरी पैसा कमाउनुस् ?

  बुद्धवीर बाहिङ
336 Shares

काठमाडौं । यदि तपाई विदेशमा हुनुहुन्छ ? सेप्टेम्बर १ बाट विश्वकै नंबर १ सामाजिक सञ्जाल फेसबुकले लाईभ र भिडियो अपलोड गरेबापत पैसा दिने भएको छ ।

यदि तपाई विश्वको यी २६ वटा देशमा हुनुहुन्छ भने तपाईले फेसबुकमा भिडियो अपलोड गरेकै भरमा तपाईलाई फेसबुकले पैसा दिन्छ । तर तपाईले फेसबुकका केहि नियमहरु पालना गर्नुपर्छ । तपाई अमेरिका, बेलायत, आयरल्याण्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टीना, बेल्जियम, बोलिभिया, चीली, कोलम्बीया, डेनमार्क, द डोमिनिक रिपब्लीका, ईक्वेडर, ईएल साल्भाडोर, फ्रान्स, जर्मनी, ग्वाटेमाला, होण्डुरस, म्याक्सीको, नेदरलयाण्ड, नर्बे, पेरु, पोर्तुगल, स्पेन, स्वीडेन र थाइल्याण्डमा बस्नुहुन्छ भने फेसबुकको यी नियम अनुसार गर्नुस्, तपाईले सजिलै पकेटमनि बनाउन सक्नु हुनेछ ।
यी नियमहरु पालना गर्नुहोस : सबैभन्दा पहिले तपाईको फेसबुकको पेज अनिवार्य हुनु पर्नेछ । तपाईको फेसबुक पेजमा कम्तीमा पनि १० हजार लाईक वा फलोअर्स हुनुपर्ने छ । तपाईले फेसबुकमा अपलोड गरेको भिडियो ३ मिनेटभन्दा बढिको हुनुपर्नेछ । तपाईले अपलोड गरेको भिडियो दुई महिनामा कम्तिमा ३० हजार जनाले हेरेको हुनुपर्नेछ । तपाईले अपलोड गरेको भिडियो कम्तिमा पनि १ मिनेटसम्म लगातार हेरिएको हुनुपर्नेछ । त्यस्तो भिडियोको समयलाई मात्र फेसबुकले मान्यता दिनेछ । फेसबुकमा पैसा कमाउनको लागि एउटा छुट्टै एप डाउनलोड गर्नुपर्दछ । मोबाइलको गुगल एपमा गएर फेसबुक क्रियटर्स (Facebook Creator) एप डाउनलोड गरी रजिष्टार्ड गर्नुपर्छ । फेसबुक क्रियटर्स डाउनलोड गरिसकेपछि, त्यसलाई ओपन गर्नुहोस । ओपन गरिसकेपछि तल What are the eligibility requirements to monetise ? मा क्लिक गर्नुहोस । त्यसपछि अलि तल Click here मा क्लिक गर्नुहोस । क्लिक गरिसकेपछि तपाईले पालना गर्नुपर्ने नियमहरु आउँछ । त्यसलाई ध्यानदिएर पढ्नुहोस, अनि नियमको पालना गर्नुहोस ।
त्यसपछि तपाईले फेसबुक मोनोटाइजेसनको लागि अनुरोध गर्नुपर्दछ । तपाईको फेसबुक पेजलाई मोनोटाइजको लागि यो लिङमा क्लिक गरेर अनुरोध गर्न सक्नुहुने छ । https://www.facebook.com/help/publisher/169845596919485 यो लिङमा क्लिक गरेपछि तल submit an appeal here मा क्लिक गर्नुहोस । त्यसपछि तलको Creator मा क्लिक गरी तलको URL मा तपाईको फेसबुक पेजको लिङ कपि गरेर पेष्ट गर्नुहोस । त्यसपछि तल्तिर तपाईको फेसबुक पेजको स्क्रिन सर्ट गरेर चुज फाईलमा क्लिक गरेर फोटो अपलोड गर्नुहोस । त्यसपछि Send मा क्लिक गर्नुहोस । त्यसपछि तपाईको Monetization Eligibility Standards Appeal सफल भयो ।
अब तपाईको पेज मोनोटाइजको लागि योग्य भयो की भएन भनेर यसरी हेर्नुहोस । त्यसको लागि यो लिङमा क्लिक गरेर भने अनुसार फलो गर्नुहोस । https://www.facebook.com/facebookmedia मा क्लिक गर्नुहोस । त्यसपछि Blog मा क्लिक गर्नुहोस ।त्यसपछि Launching Watch, Ad Breaks & Creator Studio Globally मा क्लिक गर्नुहोस । त्यसपछि MONETIZATION: AD BREAKS LAUNCH को Eligibility मा गएर तलको check their eligibility and get started here मा क्लिक गर्नुहोस । त्यसपछि Earn Money with Your Videos on Facebook पेज खुल्नेछ, त्यसको स्क्रिन अलि तल सार्नुहोस । अलि तल सारिसकेपछि तपाईको पेज देखिने छ । अनि तपाईको पेजमा क्लिक गर्नुहोस । तपाईको पेज मोनोटाइज हुन योग्य भयो की भएन थाहा पाउनुहुनेछ ।

तपाईको फेसबुक पेजमा ५ हजार लाईक एकैछिनमा कसरी बनाउन सकिन्छ भन्ने लेख अबको केहि दिनमा प्रकाशित हुनेछ । यो लेखको बारेमा तपाईको सल्लाह, सुझाव वा प्रतिक्रिया भए लेखेर पठाउनु होला । अनि सगरमाथा अनलाईनको फेसबुक पेज लाईक गरिदिनु होला । जसले गर्दा अनलाईनमा अपलोड गरिएका ताजा समाचार र विभिन्न समय सान्दर्भिक लेख, रचनाहरु तपाईको फेसबुक वालमा एकै पलमा आउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार