काठमाडौं । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत भारतको यू–१९ ‘ए’ विरुद्धको खेलमा नेपालको यू–१९ टिमले अहिले ब्याटिङ गरिरहेको छ । टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।

पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सर्राफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्साद आलम छन् ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)ले आयोजना गरेको सो सिरिजमा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।







