‘भाषा र सँस्कृतिले हामीलाई जुटाएको छ,’ अध्यक्ष राई (भिडियोसहित)

  बुद्धवीर बाहिङ
315 Shares

काठमाडौं । माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले कुनै जातिलाई भाषा र सँस्कृतिले एकजुट बनाउने बताएका छन् । खालिङ भाषाको बालगीति संग्रह ‘रोख्तोकोम्’ (इन्द्रेणी)को लोकार्पण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै खालिङले यस्तो बताएका हुन् ।

खालिङ भाषाको बालगीति संग्रह ‘रोख्तोकोम्’ले विश्वभरका खालिङहरुलाई एकजुट बनाएको अध्यक्ष राईले बताए । ‘खालिङ भाषाले गर्दा आज हामी यहाँ एकजुट भएका छौं,’ राईले भने, ‘विदेशी भूमिमै बसेर पनि पविधन खालिङजीले हाम्रो भाषाको बालगीति संग्रहले गर्दा विश्वभरको खालिङ राईहरुलाई एकजुट बनाएको छ ।’
बरिष्ठ संगीतकार शान्तिराम राईले चाम्लीङ भाषी भए पनि ‘रोख्तोकोम्’सँग सांगीतिक रुपमा जोडिएको बताए । ‘रोख्तोकोम्’ लोकार्पण कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै संगीतकार राईले संगीतमा कुनै भाषा र जात नहुने भएकाले आफूले ‘रोख्तोकोम्’मा समावेश गरिएको गीतको संगीत बुझेको बताएका हुन् ।
भाषा, सँस्कृति र सस्कार भए मात्र हामी बाँच्न सकिने संगीतकार राईले बताए । विदेशी भूमिमै रहेर पनि आफ्नो भाषालाई व्यस्तताको बावजुत समय निकालेर गीत तयार पारेकोमा गायक तथा संगीतकार पविधन खालिङलाई सम्पूर्ण खालिङ समुदायले सम्मान गर्नुपर्ने उनले बताए ।

‘हामीले हाम्रो भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गरेनौं भने यो त केहि वर्ष पछि हराएर जान्छ’ संगीतकार राईले भने, ‘भाषा, सँस्कार र सँस्कृतिनै हराएर गएपछि हाम्रो पहिचान नै कहाँ रहन्छर ? अनि हामी आफैनै कहाँ रहन्छौंर ? खालिङ कहाँ रहन्छ ? चाम्लीङ कहाँ रहन्छ ? हाम्रो यस्तो अमूल्य सम्पत्ती हराएर गए हाम्रो अस्थित्व र हामी पनि हराएर जान्छौं ।’
जिमी राई उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादुर राईले किरात खालिङ राई उत्थान संघले भाषा र सँस्कृति संरक्षणमा लागेका व्यक्तिहरुलाई सँस्थाले सक्दो सहयोग गर्नु बताए । जिमी राई उत्थान समाजले पनि यस्ता भाषा, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै लगिरहेको बताए । आउने दिनमा किरात खालिङ राई संघसँग जिमी राई समाजले सहयकार्य गर्ने पनि प्रतिबद्धता जनाए ।

किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले विदेशी भूमीमै रहेर पनि खालिङ समुदायको भाषा र सँस्कृतिलाई दस्ताबेजीकरण गरेकोमा अमेरिका शाखाका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिए । अध्यक्ष खालिङले विभिन्न समयमा अधिकार प्राप्तीका लागि सँस्थाको तर्फबाट आन्दोनमा होमिएको समेत बताए ।

खालिङ भाषाविद् धन खालिङले बाल मनोविज्ञानलाई अत्यन्तै प्रभावकारी हुने शब्द चयन गर्नुपर्ने भन्दै ‘रोख्तोकोम्’मा पनि त्यस्तै शब्दहरु भएको बताए । बाल मनोविज्ञानलाई असर नहुने शब्द चयन गरेर यस्ता कृतिहरु ल्याए समय सान्दर्भिक र बालबालिकाहरुका लागि महत्वपूर्ण हुने समेत बताए ।
कृतिका सर्जक तथा गायक, संगीतकार पविधन खालिङले अमेरिकाबाटै अडियो भ्वाइस पठाएर कार्यक्रम उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र उपस्थित खालिङ समुदाय लगायत सबैलाई सम्बोधन गरेका थिए । बालगीति संग्रह निकाल्नमा विश्वभर रहेका खालिङहरुलाई एकताबद्ध गराएकोमा उनले खुशी व्यक्त गर्दै अडियो सन्देश पठाएका थिए ।
कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका वडा नं १ वडा अध्यक्ष धनकुमार खालिङ, वडा नं. ६ अध्यक्ष दिनेश राई, सँस्थाका उपाध्यक्ष जयकुमार राई, पत्रकार प्रकाश खालिङ लगायतले खालिङ भाषा र सँस्कृतिको संरक्षणमा अमेरिका शाखाका पदाधिकारीले खेलेको महत्वपूर्ण भूमिकाको प्रसंशा गरेका थिए । कार्यक्रममा खालिङ समुदायका बुद्धिजीवि, कलाकार तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार