२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

शान्ति समितिका पूर्वसंयोजक सम्मानित


६ आश्विन २०७३, बिहिबार  

0
Shares

भोजपुर, ६ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा भोजपुरका पाँचजना स्थानीय शान्ति समितिका पूर्वसंयोजक सम्मानित भएका छन् ।

‘दिगो शान्ति राष्ट्र विकासको आधार’ भन्ने मूलनाराका साथ भोजपुरको सदरमुकाममा बुधबार भएको कार्यक्रममा पूर्वसंयोजक नेपाली काँग्रेसका सभापति नन्दमणि राई, नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष राजेश खतिवडा, नेकपा (एमाले) का पूर्वउपाध्यक्ष रामसिंह राई, नेपाली काँग्रेसका पूर्वसहसचिव शक्तिराज राई तथा नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य राजकुमार दङ्गाललाई प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले दोसल्ला र कदरपत्रले सम्मान गर्नुभएको हो ।
विभिन्न पदमा रहेर स्थानीयस्तरमा शान्ति प्रवद्र्धन तथा द्वन्द्व न्यूनीकरणमा खेलेको भूमिकाको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वास्तविक शान्ति प्राप्त गर्नु चुनौती रहेको र दिगो शान्ति स्थापना गर्न समान अधिकारको खाँचो रहेको बताए । रासस

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार  १० : ०३ बजे