६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सहिद कुसुम स्मृति प्रतिष्ठानको वार्षिक बजेट १ करोड



सोलुखुम्बु । सहिद कुसुम स्मृति प्रतिष्ठान नेपालको तेस्रो वार्षिक साधारण सभाले १ करोड ४ लाख ९ हजार २ सय २ रुपीयाँको वार्षिक बजेट पारित गर्दै सकिएको छ । लोकेन्द्रबहादुर राउतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गर्दै तेस्रो वार्षिक साधारण सभा सकिएको हो ।

समृद्ध गाउँपालिका निर्माण गर्न कुसुम प्रतिष्ठान लगायतका सामाजिक संघसंस्थासँग सहकार्य गर्न पालिका प्रतिवद्ध रहेको भन्दै प्रमुख अतिथि तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले सोलुखुम्बु जिल्लामा कुसुमले खेलेको राजनैतिक भूमिका यूवा वर्गका लागी सदैव प्रेरणाको स्रोत भएको बताएका छन् ।
सभालाई सम्बोधन गर्दै पुराना बामपंथी नेता लोचनकुमार कटेलले प्रतिष्ठानले सामाजिक सेवाको क्षेत्रमा गर्न खोजेको कार्यलाई सबैले नजिकबाट अध्ययन गरिरहेको बताउदै प्रतिष्ठानले थप सशक्त कार्यक्रम ल्याउनका लागी सुझाव दिए ।
कार्यक्रमलाई विपि संस्कृत विद्यापीठका प्राचार्य लोकनाथ दाहाल, केदार माविका प्रधानाध्यापक श्री एकराज शर्मा , पुर्व जिविस उपसभापति श्री पुण्यप्रसाद दाहाल, सहिद परिवारका श्री कमलप्रसाद कटेल, नेकपाका नेता लक्ष्मीप्रसाद बाँस्तोला, नेपाली काँग्रेसका नेता विष्णुप्रसाद बाँस्तोलाले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  १ : ५७ बजे