२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

भक्तपुर पहिलो योग जिल्ला घोषणा हुने


७ आश्विन २०७३, शुक्रबार  

0
Shares

भक्तपुर, ७ असोज । भक्तपुर नेपालमै पहिलो योग जिल्ला घोषणा हुने भएको छ ।

योग जिल्ला घोषणा मूल समारोह समिति भक्तपुरले बिहीबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा योग जिल्ला घोषणा गर्ने तयारी पूरा गरेकोबारे पतञ्जली योग समितिका केन्द्रीय सदस्य एवम् मूल समारोह सचिवालय सदस्य बालमुकुन्द सुवालले जानकारी दिनुभयो ।

भक्तपुरमा १० देखि ७० वर्ष उमेर समूहका दुई लाख ५० हजार ४३९ जनसङ्ख्यामध्ये ५५ प्रतिशत नागरिक योगाभ्यासमा रहने गरेकाले जिल्लालाई योग जिल्ला घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । जिल्लामा नौवटा बिभिन्न योग तथा ध्यानसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको मूल समारोह समितिले भक्तपुरलाई योग जिल्ला बनाउन विगत एक वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

मूल समारोह समितिले जिल्लामा दैनिक योग, ध्यान तथा साधना गर्ने १० प्रतिशत, घरमै बसेर वा टेलिभिजन हेरेर योग गर्ने २० प्रतिशत र योग तथा ध्यानबारे जानकारी लिएर नियमित योग अभ्यास गर्ने २५ प्रतिशत रहेको पत्रकारसम्मेलनमा जानकारी दिएको थियो ।

Sagarmatha

भक्तपुरका ६ वटा नगरपालिकाभित्र विभिन्न २६ ठाउँमा योग शिविर सञ्चालन भएको जानकारी दिँदै कार्यक्रममा योग जिल्ला घोषणा भएपछि योग गर्नेको सङ्ख्या अझै बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । योग जिल्ला घोषणा गर्नका लागि ६ महिनाअगाडि नै प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको नेतृत्वमा मूल समारोह समिति गठन भएको थियो । रासस

प्रकाशित मिति : ७ आश्विन २०७३, शुक्रबार  ३ : ४९ बजे