Facebook Debugger सोलुखुम्बु । हावाहुरीले लडाएको रेडियोको टावरमा स्थानीय बासिन्दासँग क्षतिपूर्ति चाहिने भन्दै मोटो रकम माग गरिरहेका हिमाल एफ.एम.का प्रमुख एवं कान्तिपुर टिभीका जिल्ला सम्वाददाता भानुभक्त निरौलाले अन्ततः टावरसँग सम्बन्धित उपकरणको रकम समेत भुक्तानी नदिई बेइमानी गरेको खुलेको छ । हिमाल एफ.एम.को टावर स्थानान्तरण गरेको कम्पनीलाई निरौलाले रकम भुक्तानी गर्छौ, गर्छौ भन्दै महिनौं झुलाएर अहिलेसम्म नतिरेर बेइमानी गरेको खुलेको हो । टावर स्थानान्तरण गरेको रकम हिमाली सञ्चार कम्पनी लिमिटेडका अध्यक्ष निमा शेर्पाबाट बल्लतल्ल उठाए पनि रेडियो उपकरण जडान गरी प्रसारण गर्नका लागि महत्वपूर्ण मानिने २५ मिटर फेडर केवल तथा २ वटा ट्रान्समिटर कनेक्टर लगायत सामानको अझै भुक्तानी नगरेको ती सप्लायर्स कम्पनीका प्रबन्ध निर्देशकले बताए । उक्त कुराकानी गत जनवरी ११ अर्थात २०७६ को पुस २६ गते र माघ १४ गते भएको देखिन्छ । पुसको २६ गते अघि नै भएको कुराकानीमै समेत ती कम्पनीका प्रबन्ध निर्देशकले ‘पैसा नदिने भए नदिने भन्नु, झुलाउने काम नगर्नु होला, तपाईलाई कस्तो अवस्थामा मैले सामान पठाएर सहयोग गरेको थिएँ’ भनेर लेखिएको छ । त्यस्तै माघ १४ गते भएको कुराकानीमा भने उनले ६/७ दिनमा एफ.एम.को भवन सार्नुपर्ने र यो हप्ता एकदम पैसाको समस्या भएकाले फोन नउठाएको बताएका छन् । उनले माघ २२ गते कार्यालय सार्ने साइत जुरेको र त्यसपछि जसरी पनि पठाईदिने र त्यतिन्जेलसम्म पर्खिन आग्रह गरेको देखिन्छ । तर माघको २२ गतेपछि पैसा पठाईदिने भएका निरौलाले यसपछि फोन उठाउनै छाडेका छन् । रकम भुक्तानीका लागि इमेल मार्फत जानकारी गराउँदा पनि कुनै रेस्पोन्स नगर्ने, फोन गर्दा पनि नउठाउने र कहिलेकाहीं नचिनेको नम्बरबाट फोन गर्दा उठाएपनि स्वर चिनेपछि फोन काटिदिने गरेको ती सप्लायर्स कम्पनीका प्रमुखले बताए । ‘नियमित काम गरिरहेको रेडियोले भोलिपल्टै पैसा पठाउँछु भनेपछि सामान नपठाउने कुरा पनि भएन । सामान हात लागेपछि फोन उठाउनै छाड्नुभयो । कतिपटक फोन गरें, मेरो फोन भनेपछि उठाउँदै नउठाउने, बरु काटिदिने गर्नुभयो ।’ उनले भने । ती सप्लायर्स कम्पनीका अनुसार उक्त सामान लगेको एक वर्ष भन्दा बढी भईसक्यो । पछिल्लो पटक नचिनेको नम्बरबाट फोन गर्दा उठाएको र ‘उक्त रकम तिर्ने भए तिर्नुस् नत्र म हिमाल एफ.एम.को नाममा चन्दा नै घोषणा गर्छु भन्दा यसपाली म घर निर्माणको कामले ठूलो आर्थिक भार व्यहोरिहेको छु । म हप्ता दिनभित्रै भुक्तानी गर्छु’ भनेको उनी सम्झिन्छन् । तर हप्ता दिन पछि भुक्तानी गर्छु भनेकै महिनौं भईसकेको उनले बताए । ‘अब सामानको मूल्य तिर्छन् भने तिरोस् नत्र म मिडिया मार्फत नै हिमाल एफ.एम.लाई मेरो तर्फबाट चन्दा भयो भनेर घोषणा गर्नेछु ।’ उनले सगरमाथा अनलाइनसँग भने । रेडियोको टावर ढल्दा पनि आफूलाई खबर नगरेकोले उनले अब रकम तिर्छन् भन्ने नलागेको उनले सुनाए । निरौलाले एउटा कम्पनी मार्फत काम सम्पन्न गरी केही रकम तिर्न बाँकी राखेपछि फेरि अर्को कम्पनी मार्फत काम गराउँदै आएका छन् । उनले सेलगुडी डाँडामा बनाएको टावर पत्ताले डाँडामा सार्नका लागि पनि पहिले बनाएको कम्पनीलाई नदिई दोस्रो कम्पनीलाई जिम्मा दिएका थिए । ‘अहिले ढलेको टावर हाम्रै कम्पनीले बनाएको हो । त्यो टावर बनाएको पैसा पनि भीख मागे जस्तै गरी उठाउनुर्पयो । अध्यक्ष निमा शेर्पा हुनुहुँदोरहेछ, उहाँबाट बल्लतल्ल उठायौं । स्टुडियो पनि हामीले नै बनाएका हौं । स्टुडियो बनाईदिएपछि पैसा बैंकमा डिपोजिट गरिदिने भनेर फोन गरेका रहेछन् साथीहरुले । मैले पैसा नलिई रित्तै आउने होइन, थपक्क पैसा लिएर मात्र आउने, बरु होटलमा बसेर उठेको बीलले स्टुडियो बनाएको रकम चुक्ता गरेर आएपनि हुन्छ भनें । साथीहरु काम सकेर पनि दुईचार दिन त्यत्तिकै बस्नुभयो । पछि बल्लतल्ल पैसा लिएरै आए । उहाँको बानी थाहा पाएपछि मैले पैसा उठाएरै आउनु भनेको हुँ’ त्यसबेला भएको कामबारे उनले भने । हिमाल एफ.एमले गत साल अक्टोबर (असोज/कात्तिक) महिनामा पत्तालेमा टावर सारेको थियो । सुरुमा सोलुखुम्बु र काँकुको सीमानामा पर्ने सेलगुडी डाँडामा निर्माण गरिएको रेडियोको टावर फाप्लुमा रहेको कार्यालय सल्लेरीमा सारेपछि सोलुखुम्बुको पत्ताले स्थित थलेडाँडामा स्थानान्तरण गरिएको थियो । टावर ठड्याउने बेलै आफूले उक्त टावर भरपर्दो नहुने र कुनै पनि बेला लड्न सक्ने बताएको ती सप्लायर्स कम्पनीका प्रमुखले बताए । तर उनले उल्टै लोदार नबोल्नु भन्दै ती व्यक्तिलाई गाली गरेको उनले बताए । अहिले ठड्याएको टावर समेत टिकाउ नहुने उनको दाबी छ । ‘मैले त्यो बेला पनि १२० फिटको टावर यो डाँडामा असुरक्षित हुन्छ भनेको थिएँ, मेरो कुरा मान्नु भएन । अन्ततः ढल्यो, अब अहिलेको पनि मैले फोटोमा हेरिसकेको छु, यो पनि ढल्छ कुनै दिन ।’ उनले भने । ती सप्लायर्स कम्पनीका प्रमुखले फोटोमा देखे अनुसार रेडियोको एण्टेना कामै नलाग्ने गरी भाँचिएको बताए । ‘१२० फिटको उचाईमा रहेको एण्टेना भुँइमा बजार्दा त्यो काम लाग्ने त हुँदै हुँदैन ।’ उनले भने । उनका अनुसार नर्मल खालको एण्टेनाको मूल्य प्रति रु. ४५ हजार र राम्रो खालको एण्टेनालाई ६० देखि ८० हजार रुपैयाँ सम्म पर्दछ । एउटा रेडियोको टावरमा चार देखि ८ वटा सम्म एण्टेना राखिन्छ । तर कतिवटा एण्टेना राख्ने भन्ने कुरा सञ्चार मन्त्रालयबाट रेडियो सञ्चालन गर्न इजाजत लिने बेलै उल्लेख गरिएको हुन्छ । हिमाल एफ.एम. प्रमुख भानुभक्त निरौलाले भाँचिएको एण्टेना स्थानीय बासिन्दाले चोरी गरेर लगेको भन्दै स्थानीय विमल मगरसँग २ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति मागिरहेका छन् । तर मगरले भने केटाकेटीले अन्जानबस टिपेर ल्याएको फलामको टुक्रा जस्तो सामान ल्याएको आधा घण्टाभित्रै एफ.एम.का चौकीदारलाई फिर्ता गरिसकेकाले रकम दिन नसक्ने भन्दै आएका छन् ।भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुक्तानीमा बेइमानी !
हेरौं ती कम्पनीका प्रबन्ध निर्देशक र भानुभक्त निरौला बीच म्यासेन्जरमा भएको कुराकानी :
एण्टेना कामै नलाग्ने गरी बिग्रिएको थियो : सप्लायर्स
यो पनि पढ्नुहोस् ।
फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !
एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपाेर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुष्टी !
एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?