आरोहणमा बाबुछोरीको विश्व कीर्तिमानी

7 Shares

बुद्धवीर बाहिङ । सोलुखुम्बुको गुदेल ४ सानामका बाबुछोरीले सगरमाथा आरोहण इतिहासमा एकै पटक सफल आरोहण गरेर गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाएका छन् । छोरी निमाछम्जी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी अरोहीको रुपमा रेकर्डस कायम गराएका हुन् भने बाबु देण्डी शेर्पाले बाबुछोरी एकसाथ सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिका रुपमा नाम लेखाएका हुन् ।
छोरी निमाछम्जीको साउन २३ गते गिनिज वल्र्ड रेकर्डसले पठाएको पमाणपत्र आइपुगेको थियो भने बाबु देण्डीको साउन २८ गते प्रमाणपत्र आइपुगेको थियो । शेर्पा बाबुछोरीले दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोही र एकसाथ बाबुछोरीले आरोहण गरेको गिनिज वल्र्ड रेकर्डसले प्रमाणपत्र पठाएको हो ।
बाबुछोरीले वि.सं. २०६९ जेठ ६ गते शनिबारका दिन रोयल अर्किड टे«किङ एण्ड एक्सपीडिसनबाट सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहणको समयमा छम्जी १६ वर्ष ६ महिनाका थिए । सगरमाथाको सफल आरोहण लगतै गिनिज वल्र्ड रेकर्डसमा जानकारी गराई आवश्यकीय कागजातहरु पठाएपनि रेकर्डसमा नाम लेखाउन ३ वर्ष लागेको आरोही देण्डी शेर्पाले बताए ।

Dendi-Sherpa.-Photo.
आरोही देण्डी शेर्पा हिमाल आरोहणमा गएर घर फर्किदा हिउँले खाएको कालो अनुहार देख्ने बित्तिकै रोमाञ्ति हुँदै छम्जीले हिमाल सम्बन्धी विभिन्न प्रश्नहरु सोध्ने गर्थिन् । सानै उमेरदेखिनै हिमाल सम्बन्धी तस्वीर र डकुमेन्ट्रीहरु हेर्दै आएकी छम्जीले विद्यालय छुट्टीको समयमा बुबासँगै ५ हजार ५ सय ५५ मिटरको कालापत्थर पिक चढेर फर्किइन् । त्यसपछि झन हिमाल चढ्न उत्साहित बनेकी छम्जीले लबुचे पिक, आइलम्पीक हिमाल हुँदै अन्ततः विश्वको सर्वोच्च शिखर सगरमाथा पनि सफलतापूर्वक आरोहण चढिन् ।
गिनीज वल्र्ड रेकर्डसमा नाम लेखाएपछि आपूmलाई नेपालको पर्यटन र हिमालय क्षेत्रको विकासका लागि थप दायित्व बोध भएको शेर्पाले बताए । ‘सरकारले नेपालको पर्यटन क्षेत्रमा स्पष्ट नीति ल्याई कडाइका साथ लागू गर्ने हो भने केहि वर्षमै नेपालको अर्थतन्त्रमा कायापलटनै हुन्छ’ उनले भने ।

Ngimachhamji-Sherpa-Photo.
शेर्पाले चार पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । अहिले उनी रोयल अर्किड टे«क्स एण्ड एक्पीडिसनका सिनीयर पथप्रदर्शक तथा क्लाईमिङ शेर्पाको रुपमा काम गरिरहेका छन् ।
सोलुखुम्बु जिल्लाको कर्णाली भनेर परिचित कोशीपारीको गाउँबाट विश्व रेकर्डसमा नाम लेखाएकोमा गुदेलबासीले मात्र होइन नेपालकै नाम उच्च राखेको महाकुलुङ विमानस्थल निर्माण समन्वय समितिका सचिव सूर्य कुलुङले बताए । शेर्पा बाबुछोरी जन्मिएकै क्षेत्रमा महाकुलुङ विमानस्थल निर्माण हुँदैछ । ‘दुर्गम गाउँबाट शेर्पा बाबुछोरीले विश्व कीर्तिमानी राखेकाले महाकुलुङ विमानस्थल निर्माणको लागि पनि थप सहयोग जुट्ने विश्वास लागेको छ’ सचिव कुलुङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार