२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

प्रधानमन्त्री ओलीः सान होजे पुगे


१४ आश्विन २०७५, आइतबार  

14
Shares

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे आइपुगे ।

उहाँलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरे । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहेको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेकोछ ।

Sagarmatha

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ४ : ४० बजे