लिलाममा राखेको समानको मर्मत गरि प्रयोगमा

0 Shares

बिदुर कटुवाल
उदयपुर ७ असोज । सामान्य मर्मत गर्दा प्रयोगमा आउने सरकारी कार्यालयका समानहरु मर्मत नगरि नयाँ किन्ने संस्कार नयाँ होईन तर उदयपुरको एक सरकारी कार्यालयले विग्रीएका सबै समानहरु मर्मत गरेर प्रयोगमा ल्याएका छन । जिल्ला जन स्वास्थ्य कार्यालय उदयपुरले वर्षदेखि टुटफुट भएर गोदाममा थन्केका कार्यालयका सवारी साधन, फर्निचरहरु मर्मत गरी प्रयोगमा ल्याएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरमा वर्षौदेखि कार्यालय प्रमुखको बेवास्ताको कारण सामान्य टुटफुट भएका विभिन्न प्रकारका टेबलकुर्सी, दराज तथा मोटरसाईकल लगायतका कार्यालय प्रयोजनका साधनहरु मर्मत गरी प्रयोगमा ल्याईएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यावले जानकारी दिए ।
कार्यालयका निमित कार्यालय प्रमुख दुनियाल यादवले कार्यालयले बेवास्ता गरी मिलक्याएर राखेको सामानहरु पुन मर्मत गरी प्रयोगमा ल्याइएको जानकारी दिए । ‘लाखौं मुल्य पर्ने सामानहरु वर्षौदेखि गोदाममा थन्केका थिए ।’ प्रमुख यादवले भने, ‘सरकारी मान्यता अनुसार लिलाम गर्ने समानहरु अहिले मर्मत गरी प्रयोगमा ल्याइएको हो ।’
कार्यालयमा भएका जम्मा ७ वटा सरकारी मोटरसाईकलमा ४ वटा मात्र प्रयोगमा थिए भने ३ वटा तीन वर्षदेखि गोदाममा थन्किएका थिए । यादवले ३ वटा मोटरसाईकल समेत मर्मत गरी प्रयोगमा ल्याउन लागेको समेत जानकारी दिए ।
यादवका अनुसार कार्यालयको ६ वटा कोठामा पर्दा कार्पेटको व्यवस्था गरिएको छ । आधा दर्जन सामान्य टुटफुट भएका कुर्सीहरुको मर्मत गरी प्रयोगमा ल्याइएको छ । यसैगरी कार्यालयमा रहेको तालिम हलका वर्षौ बिग्रेका ८ वटा बेडको समान मर्मत गरिएको छ । विगतका दिनमा सरकारी स्वास्थ्यकर्मीले तालिममा सहभागिहरु हुँदा सुत्न बाहिर जानुपर्ने बाध्यताबाट टरेको समेत यादवले बताए । ‘तालिममा सहभागीलाई कार्यालयमै सुत्ने व्यवस्था भएपनि होस्टेलका बेडहरु सरकारी भएकाले समस्या भएको थियो ।’ यावदले भने, ‘अहिले बेडहरु सामान्य मर्मत गरेपछि कार्यालयकै होस्टेलमा सुत्न पाईने भएको छ ।’
सरकारी कार्यालयको स्टोर रुम तथा गोदाममा सामान्य टुटफुट भएका कुर्सी, दारज, टेवल, सवारी साधनमा मोटरसाईकल, साईकल, चार पाङग्रे सवारी साधन, पर्दा, कार्पेट लागायत थन्किने गरेको पाईन्छ । गोदाममा थन्केका समानहरु कार्यालयका प्रमुखहरुले लिलाम बिक्री गरी पैसा असुल्ने प्रथाको अन्त्य गरेको कार्यालयका कर्मचारीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार