भिमफेदी गाईजको ‘जुवा त खेल्ने चौकामा’ म्युजिक भिडियो सार्वजनिक

280 Shares

काठमाडौं । भिमफेदी गाईजको ‘जुवा त खेल्ने चौकामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलोमा रहेको गीतको म्युजिक भिडियोलाई भिमफेदी गाईजकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा तामाङ समुदायमा रहेको विवाहमा एक आपसमा तामाङ सेलोमा जुहारी खेल्ने साँस्कृतिक परम्परालाई देखाउन खोजिएको छ । गीत मार्फत नै एक आपसको बारेमा जानकारी लिने परम्परागत मान्यतालाई जीवित रुपमा देखाइएको छ । गीत मार्फत नै तामाङ समुदायको साँस्कृतिक पक्षको बारेमा बताइएको छ ।
गीतमा गायक दिल तामाङ र गायिका निर्मला घिसिङले आवाज दिएका छन् । शब्दरचना दिल तामाङको रहेको छ । संगीत तथा एरेञ्ज चन्द्रकुमार दोङको रहेको छ । गीतमा भिमफेदी गाईजका कलाकार र निरञ्जली लामाले जीवन्त अभिनय गरेका छन् । म्युजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार