राजेशपायलको ‘सयपत्रीले’ देउसी गीतको म्युजिक भिडियो सार्वजनिक

  बुद्धवीर बाहिङ
336 Shares

काठमाडौं । ‘राई इज किङ’ राजेशपायल राईको आवाजमा ‘सयपत्रीले’ देउसी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान चाड दशैँ र तिहार नजिकिदै गर्दा गायक राईको आवजमा रहेको देउसी गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

‘सयपत्री फुल ढकमक्क फुलेर तिहारलाई डाँक्दै छ । परदेशिएका गाउँलेहरु गाउँ फर्कदै छन् । वर्ष दिनमा आउने चाडमा सबैको घरमा खुशीयाली छाएको भन्दै गीत मार्फत गायक राईले भनेका छन् । वलिहाङको सन्देशलाई सम्झदै फुलमाला लगाएर देउसी खेलौं भन्दै राई आफै छमछमी नाँचेका छन् ।
गीतको शब्दरचना प्रेम राईले गरेका छन् । संगीत विनोद खम्बुको रहेको छ । एरेञ्ज चन्दु गोर्खाली तथा भिडियोको निर्देशन राकेश किरातीले गरेका छन् । भिडियोमा उमेश राई (फुलन्देको आमा), अनु लिम्बु, दिपा तामाङ, राजेशपायल राई र महेन्द्र राईले अभिनय गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार