प्रदेश नं १ नेकपाको प्रमुख सचेतकमा सोलुखुम्बुका राजभण्डारी

  बुद्धवीर बाहिङ
511 Shares

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ ।

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा सोलुखुम्बु प्रदेश ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए ।
को हुन् राजभण्डारी
वि.सं. २०३८ सालबाट प्रत्यक्ष रुपमा राजनीति शुरु गरेका बुद्धिकुमार राजभण्डारी बाम गठबन्धनका साझा उम्मेदवारको रुपमा सोलुखुम्बु निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्ष उम्मेदवार भई विजयी भएका थिए । भण्डारीले अनेरास्ववियू छैठौंको जिल्ला उपाध्यक्षबाट औपचारिक रुपमा राजनीतिक यात्र शुरु गरेका थिए । उनी वि. सं. २०४० सालमा जनमोर्चाको जिल्ला सचिव भए । वि. सं. २०४९ सालमा जनमोर्चाबाट सल्लेरी वडा ७ को वडा अध्यक्षमा विजयी भए । वि. सं. २०५१ सालको जेठ ३ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा आएको एक हप्तामा जिल्ला कमिटि सदस्यसँगै कार्यालय सचिवको जिम्मेवारी राजभण्डारीलाई दिइएको थियो । वि.सं. २०५३ साल मंसिरमा दोस्रो जिल्ला अधिवेशनबाट उनी पार्टी सचिव भए ।
वि. सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष उम्मेदवार भएका थिए । दोस्रो संविधान सभाको निर्वाचन २०७० सालमा उनी नेकपा एमालेकै तर्फबाट समानुपातिक उम्मेदवार भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार