स्थानीय तहमा भएको अनियमितताका विरुद्ध नेविसंघ सशक्त लाग्नुपर्छ : सभापति बस्नेत

  बुद्धवीर बाहिङ
168 Shares

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले स्थानीय तहमा भएको अनियमितताका विरुद्ध नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेताहरु सशक्त रुपमा लाग्नु पर्ने बताएका छन् । नेविसंघ सोलुखुम्बुले आयोजना गरेको संगठन सुदृढिकरण तथा एक दिने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै सभापति बस्नेतले जनताको सेवा गर्छु भन्दै आएका स्थानीय तहका जनप्रतिनिधिहरुले अनियमितता गरेको आरोप लगाउँदै त्यसका विरुद्ध सशक्त लाग्नु पर्ने बताएका हुन् ।

विशिष्ट अथितिको आसनबाट बोल्दै महासमिति सदस्य खिलराज बस्नेतले विद्यार्थीहरु परिवर्तनका संवाहक भएकाले धेरै कुरामा सजग र सतर्क हुनुपर्ने बताए । नेविसंघको राजनितीसँगै विद्यार्थीहरुले अध्ययनशीलतालाई कायम राख्दै राजनैतिक विकृति र विसंगती विरुद्ध परिवर्तनको पक्षमा आफूलाई उभ्याउदै नेविसंघको गौरवशाली इतिहासलाई अझ बढि उचाईमा पु¥याउन सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
नेविसंघ सोलुखुम्बुका अध्यक्ष अस्विनवावु थापाले मूल्य वृद्धि, भ्रष्टाचार तथा स्थानीय तहमा भएको अनियमितताको विरुद्धमा सशक्त लाग्ने बताए । अध्यक्ष थापाले नेविसंघ सोलुखुम्बुले विद्यार्थीको हक र अधिकारको विषयमा विगतदेखिनै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको समेत स्मरण गराए ।

कोषाध्यक्षमा पुजा मनोनित
नेविसंघ सोलुखुम्बुको रिक्त रहेको कोषाध्यक्ष पदमा पुजा फुयाललाई मनोनित गरिएको छ । लामो समय रिक्त रहेको कोषाध्यक्ष पदमा फुयाललाई मनोनित गर्दै नेविसंघ जिल्ला कार्यसमितिलाई पूर्णता दिइएको हो ।
फुयाल नेविसंघ सानोठिमी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य समेत हुन् । विभिन्न विद्यार्थी आन्दोलनमा फुयालले पु¥याएको योगदानको कदर गर्दै कोषाध्यक्ष पदमा मनोनित गरिएको नेविसंघ सोलुखुम्बुका अध्यक्ष अस्विनबाबु थापाले बताए ।
१३ जना सम्मानित
नेविसंघको आन्दोलनमा सहयोग पु¥याएको भन्दै विभिन्न क्षेत्रका १३ जनालाई सम्मानित गरिएको छ । नेविसंघले जिल्लामा गरेको विभिन्न गतिविधि र आन्दोलनमा महत्वपूर्ण सहयोग गरेको भन्दै विभिन्न क्षेत्रका १३ जना व्यक्तित्वलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठ, शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद वास्तोला, नेचासल्यान गाउँपालिका महासंघ अध्यक्ष अशोककुमार शर्मा, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष दण्डीचरण खतिवडा, सोलुदुधकुण्ड नगरपालिकाका रोहित कार्की, महाकुलुङ गाउँपालिकाका नवलकुमार राई, सोताङ गाउँपालिकाका विजय नाछिरिङ, नेपाल शिक्षक संघ सोलुका कार्यबाहक अध्यक्ष राजेन्द्रकुमार बस्नेत, नेपाल शिक्षक संघ सोलुदुधकुण्ड नगरपालिका अध्यक्ष विनोदसिं तामाङ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ १ नं प्रदेशको सदस्य लाक्पा तामाङ र जीवन बस्नेत, सामुदायिक वन महासंघ १ नं प्रदेशको सदस्य टंकीमाया बस्नेत र धर्मबहादुर तामाङ सम्मानित भएका छन् ।
प्रशिक्षण कार्यक्रममा जिल्लाका ८ स्थानीय तह र शैक्षिक संस्थाबाट विद्यार्थीहरुको उलेख्य उपस्थिति रहेको थियो । नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, विद्यार्थी नेता सन्तोष कट्टेल, नेपाल महिला संघ सोलुका अध्यक्ष छिण्डिल्हमु शेर्पा, उपाध्यक्ष एकाकुमारी बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता शारदा तामाङ, नेविसंघ स्थानीय तहका अध्यक्षहरुमा नेचासल्यान गाउँपालिकाबाट यादवकुमार फयल, महाकुलुङ सुरेन्द्र वास्तोला, लिखुपिके भैरवकुमार बस्नेत, खुम्बुपासाङल्हामु भलाकाजी मगर, माप्यदुधकोशी समर कटुवाल, सोताङ विजय नाछिरिङ र थुलुङ दुधकोशी जनककुमार थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा तीन सयभन्दा बढि विद्यार्थीहरुलाई प्रशिक्षण दिई प्रमाणपत्र समेत वितरण गरिएको अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार