प्रदेश ३ को राजधानीबारे अहिले बोेल्न मिल्दैन : मुख्यमन्त्री पौडेल

84 Shares

हेटौँडा । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताएका छन् । टिस्टुङ महोत्सवको आज नगरपालिकाका बज्रबाराहीमा उद्घाटन गर्दै उनले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले कुन्छाल, कुलेखानी, थानकोट चित्लाङ सडकको स्तरोन्नति एक वर्षभित्र पूरा गरिसक्ने प्रतिबद्धता पनि व्यक्त गरे । प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले प्रदेशको राजधानी हेटौँडा नहुने भए थाहा नगरलाई विकल्पका रुपमा अगाडि सार्न सकिने बताए ।
प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले विकासको नाममा पुराना कुरा मास्दै गइरहेकाले यस्ता कुरा जोगाउन पनि महोत्सवको अह्म भूमिका रहने उल्लेख गर्दै दु्रतमार्गलाई कुलेखानीमा जोड्ने सरकारको लक्ष्य रहेको धारणा व्यक्त गरे ।
थाहा नगरपालिकाका प्रमुख लबसेर विष्टले महोत्सवले आफ्नै मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए । टिस्टुङ महोत्सव मूल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
४ दिनसम्म चल्ने महोत्सवमा टिस्टुङलाई चिनाउने र प्रबन्धक गर्ने कक्षसहित १ सय ६० वटा कक्ष रहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार