अनाथ बालबालिकालाई कपडा वितरण

273 Shares

काठमाडौं । चिल्ड्रेन होम बुढानीलाकण्ठका अनाथ बालबालिकाहरुलाई कपडा वितरण गरिएको छ । आकाश गंगा इन्टरनेश्नल एकेडेमी कुमारीगालमा अध्यापन गराउँदै आएका सुनिता राई, सपना बलायर, गंगा मगर, तारा मगर र विक्रम राईले दशैँको अवसर पारेर १२ जना अनाथ बालबालिकालाई कपडा वितरण गरेका हुन् ।

दशैँको मुखमा कपडा पाउँदा चिल्ड्रेन होमका बालबालिकाहरु खुशी भएका छन् । ‘हाम्रो कोही नभए पनि तपाईहरु जस्ता मनका धनी भएर नै हामीले सुखको जीवन बाँच्न पाएका छौं’ एक अनाथ बालिकाले भने, ‘हामी जुन परिस्थितिबाट यहाँ आइपुगे पनि अबको हाम्रो जीवन सुखमय हुनेछ ।’
सहयोग धनीले होइन मनकारी मनले गर्ने हो । ‘आफ्नो खुशीमा मात्र होइन अरुको खुशी र दुःखलाई पनि महशुस गर्न सक्नु पर्छ’ सुनिता राईले भने, ‘विभिन्न कारणले अभिभावक गुमाएका अनाथ बालबालिकालाई सानो सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।’

विगत ६ वर्षदेखि चिल्ड्रेन होम सञ्चालन गर्दै आएका सञ्चालक रेखा परियारले सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे । सञ्चालक परियारले चाँडै ‘छोरीका लागि छोरीनै’ अभियान मार्फत अनाथ बालिकाहरुको लागि काम गर्ने पनि बताए । ‘बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं’ भन्ने मूल नाराका साथ अनाथ बालबालिकाहरुका लागि चिल्ड्रेन होम सञ्चालन गरिएको सञ्चालक परियारले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार