२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मलेसियामा एक नेपालीको मृत्यु



मलेसिया । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङ राज्यमा मंगलबार राति भएको सडक दुर्घटनामा याक्थुङ चुम्लिङ समाज पेनाङ मलेसियाका वरिष्ठ सल्लाहकार दिल कुमार राई (रावान राई) को मृत्यु भएको हो ।

मंगलबार राती ९ बजे आफ्नो डिउटी सकेर होस्टल फर्कने क्रममा मलेसियाको तामान सुकुन भन्ने ठाउँमा राईले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
धनकुटाको खोकु–७ खोकुटारका राई लामो समयदेखि मलेसियाको पेनाङस्थित एक पोल्टिफर्ममा कामगर्दै आएका थिए । अहिले उनको शवलाई पोस्टमार्टमका लागि बुकित मर्ताजाम अस्पतालमा राखिएको नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङका अध्यक्ष युवराज राना मगरले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  ३ : ४३ बजे